Comments Add Comment

डम्बर खतिवडा

लेखकबाट थप

List Grid
दर्शनशास्त्रीय बहसमा ‘सर्वाङ्गिक तथा वैज्ञानिक मानवतावाद’ को प्रस्ताव

राजनीतिक सिद्धान्तले मानव चरित्रको बहुआयमिकतालाई समेट्नु पर्दछ । अन्यथा सिद्धान्तले जीवनलाई डोर्‍याउन सक्दैन । जब सिद्धान्तले जीवनलाई मार्गदर्शन गर्न सक्दैन, त्यस्तो सिद्धान्त न सही हुन्छ न मान्न जरुरी छ ।

‘राजधानी प्रदेश’ र ‘नेवा राज्य’ : केही भ्रमको खण्डन

नेवारलाई ‘जातीय समुदाय’ भन्न मिल्दैन । ‘नेवा’ जातीय पहिचान हैन । नेवार समुदायको ‘साझापन’ धर्म पनि हैन । धार्मिक हिसाबले नेवारहरू हिन्दू र बुद्धिष्ट दुवै हुन्छन् । अझ सानो संख्यामा मुस्लिम र क्रिश्चियन नेवार पनि छन् ।

किन कहिल्यै उदाएन देश बनाउने नेतृत्व ?

धेरैको गुनासो छ यो नेपालमा- ‘देश त धर्तीमा स्वर्गको एक टुक्रा नै हो, तर के गर्ने एउटा राम्रो नेता कहिल्यै जन्मेन । प्राकृतिक रूपले स्वर्ग जस्तो देश राजनीतिक रूपले सधैं नर्क जस्तो भयो । स्रोतसाधनले सम्पन्न भए पनि सधैं विदेशिन, गरीब कहलिन बाध्य भयौं ।’ सामान्य र आमझैं लाग्ने यस्ता टिप्पणीभित्रको पीडा भने निकै गहिरो […]

एमालेभित्रका कमरेड ‘बुखारिन’ हरूको नाममा

गत वर्ष कमरेड घनश्याम भुसालका दुई लेख खूबै चर्चित भएका थिए । ‘कसरी बाँच्छ कम्युनिष्ट पार्टी ?’ र ‘नेकपाः बाँच्नका लागि एक मात्र बाटो’ । शायद पहिलो लेख उनले ओली सरकारको कृषिमन्त्री हुनुभन्दा अगाडि लेखेका थिए र दोस्रो त्यसपछि । दुवै लेखले निकै राम्रो चर्चा, प्रशंसा र वाह्वाही पाएका थिए । कम्युनिष्ट पंक्तिको एउटा तप्का […]

एमसीसी लिन नलिन स्वतन्त्र छौं तर गिजोल्न हैन

एमसीसी, एमसीसी, एमसीसी ! यता फर्कियो एमसीसी, उता फर्कियो एमसीसी ! समाचार र सामाजिक सञ्जालमा एमसीसी, व्यक्तिगत भेटघाट र कुराकानीमा एमसीसी ! औपचारिक कार्यक्रममा एमसीसी, चियापसलमा एमसीसी ! मानौं कि एमसीसी निकै ठूलै/गतिलै खजाना हो । छिचोल्नै/बुझ्नै नसकिने असवाफको रहस्य हो । मानौं, एमसीसी धपाउन सके ठूलै बहादुरी/पराक्रम हुन्छ । मानौं, एमसीसी लागू भए देश […]

नियमित नेतृत्व हस्तान्तरणले पार्टी बलिया हुन्छन् कि कमजोर ?

यदाकदा स-साना अनौपचारिक प्रसङ्गले निकै गहिरा, अर्थपूर्ण ज्ञान दिन्छन् । करीब पाँच वर्ष अघिको कुरा । भाइ लक्ष्मण राई र म इटहरीबाट मोटरसाइकलमा झापाको बुधबारे जाँदै थियौं । उनी कुदाउँदै थिए र म पछाडि बसेको थिएँ । बेलबारी बजार काटेर जङ्गलको सुनसान क्षेत्रमा प्रवेश गर्ने बित्तिकै लक्ष्मणले एक अनौठो प्रश्न सोधे- ‘दाइ भन्नुस् त, बीपी […]

कम्युनिष्ट अन्तर-ध्वंसको गैर-मार्क्सवादी विश्लेषण

कम्युनिष्ट पार्टीका नेता र कार्यकर्तामा एक बडो जबर्जस्त प्रचलन हुन्छ- आफूलाई ‘मार्क्सवादी’ भन्ने, ‘सच्चा मार्क्सवादी’ ठान्ने । हरेक कम्युनिष्टले आफूलाई मार्क्सवाद बुझेको अरूले नबुझेको, आफूले भनेको मार्क्सवाद सही भएको अरूले भन्ने गरेको मार्क्सवाद गलत भएको दाबी गर्ने गर्दछन् । ‘मार्क्सवाद अनुसार’, ‘मार्क्सवादी दृष्टिकोण अनुरूप’, ‘एक सच्चा मार्क्सवादी भएर हेर्दा’ जस्ता शब्दावली बारम्बार प्रयोग गरिन्छन् । […]

तालिवान पुनरोदयको अर्थ

गत हप्ता इस्लामिक जिहादी समूह तालिवानले अफगानिस्तानको सत्तामाथि चढाइँ गर्‍यो । दुई दशकदेखि त्यहाँ रहेको अमेरिकी नेतृत्वको नेटो सेना फिर्ता हुन थालेको एक महीना नबित्दै जननिर्वाचित भनिएका राष्ट्रपति असरफ घानी देश छोडेर भागे । विश्वभरि जस्तै नेपालमा पनि यो घटनाले अनेक तरंग र प्रतिक्रिया उत्पन्न गरे । कतिपय प्रतिक्रिया आश्चर्यजनक तथा चर्चा गर्न लायक देखिए […]

देश चुकेको कहाँ हो ? सच्याउनुपर्ने के हो ?

मानौं कि सबै चिज ठीकठाक प्रयोग गरी गज्जबको खीर पकाइयो । तर, चिनीको साटो नुन हालियो भने त्यो कस्तो होला ? मानौं कि सबै उत्तम सामग्री मिसाएर खिचडी पकाइयो । तर, नुनको साटो चिनी हालियो भने त्यो के बन्ला ? खानेले न खीरलाई खीर भन्ने छन् न खिचडीलाई खिचडी । खीर वा खिचडी पकाउँदा जुन […]

देउवा, हाइपोकन्ड्रिया र परकाया-प्रवेश

कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौंपटक प्रधानमन्त्री भए । देउवा तेस्रोपटक प्रधानमन्त्री हुँदा मेरो लेखको शीर्षक थियो- ‘देउवा, हाइपोकन्ड्रिया र परकाया-प्रवेश’ । देउवाबारे लेख्नु, लेख्न खोज्नु आफैंमा एक अमूर्त र धमिलो प्रयत्न हो, जस्तो कि स्वयम् देउवाको व्यक्तित्व छ । तर, समयले त्यस्ता मोडहरू ल्याउँछ, चाहेर/नचाहेर लेख्न बाध्य हुन्छौं । २०६१ साल असार २२ गते त्यो […]

नेपालका कम्युनिष्टहरु कम्युनिष्ट हैनन् (भाग ३)

अगाडि नै भनियो- मार्क्सवाद समाजवादी आन्दोलनकै एउटा धार थियो । तर, यो अरु समाजवादी धारभन्दा के कारणले भिन्न थियो भन्ने प्रष्ट हुन कार्ल मार्क्सले सन् १८५२ मार्च १ मा जे. बेमेडियरलाई लेखेको चिठ्ठीलाई आधार मान्न सकिन्छ । त्यसमा मार्क्स लेख्छन् ‘आधुनिक समाजमा वर्गहरुको अस्तित्व र तिनीहरु बीचको संघर्ष पत्ता लगाएको जस मलाई दिइरहनुपर्दैन । त्यो […]

संघारमा नयाँ ध्रुवीकरणः राप्रपाको एकतादेखि कम्युनिष्टको विभाजनसम्म

निर्वाचन आयोगमा दर्ता भएको पछिल्लो दल हो- नयाँ शक्ति पार्टी, नेपाल । यसको दर्ता नं १८३ थियो । त्यसपछि के कति दल दर्ता भए वा भएनन्, थाहा छैन । तर, १८३ नै काफी संख्या हो । यति धेरै दल किन र केका लागि ? लोकतन्त्रमा दल बनाउने अधिकार सबैलाई छ । त्यसको अर्थ औचित्यसिद्ध नहुने […]