Comments Add Comment

नुनुता राई

लेखकबाट थप

List Grid
मनरोगी र कुण्ठित, जो अरुलाई खिसिट्युरी गरेर रमाउँछन्

समाजिक सञ्जालमा असामाजिक प्रवृत्तिका व्यक्तिहरु सल्बालाइरहेका हुन्छन् । कसले के लगाएको छ, कसले के बोले, कसले कस्तो फोटो पोस्ट गरे, कसले के लेखे आदिबारे हरबखत चियो–चासो गर्छन् । अनि, सामाजिक सञ्जालमा गएर खिसिट्युरी गर्न थाल्छन् । अरुलाई होच्याएर, अरुको खिल्ली उडाएर, अरुलाई हाँसोको पात्र बनाएर उनीहरु आनन्द लिने गर्छन् । सामाजिक सञ्जालमा गरिने यस्ता असामाजिक […]

जोखिममा बालबालिका, प्रविधिको दूरुपयोग बढ्दो

कोरोना संक्रमण जोखिमका कारण भौतिक रूपमा विद्यालय बन्द हुँदा विद्यार्थीलाई सिकाइसँग जोड्नका लागि अनलाइनबाट पढाउन सुरु भयो । मोबाइल किन्न नसक्ने अभिभावकले पनि दुःख गरेर आफ्ना छोराछोरीको लागि मोबाइल किनिदिए, इन्टरनेट जोडिदिए । यसले बालबालिकाको सहज पहुँचमा प्रविधि र इन्टरनेटमा पुग्यो । यसको सकारात्मक वा नकारात्मक प्रभाव देखिन थालेको छ । प्रविधि र इन्टरनेटको सदुपयोगबारे […]

बेलुनले बदलेको जीवन-कथा

‘बेलुनमा हावा भरेर पनि पैसा कमाइन्छ !’ यस्तो कुरा गर्दा शुरूमा त साथीभाइले जीवन श्रेष्ठलाई ‘हावामा उडाइदिए ।’ तर यो उनको उपदेश होइन उदाहरण थियो । किनभने उनले यो काम गरेरै देखाइदिए । शहरमा हुने कुनै सभा-समारोहदेखि, बिहे-भोजसम्म उनी बेलुनको सजाउने गर्छन् । र, यसबाट मनग्ये आम्दानी पनि । बेलुन फुलाउने र सजाउने कामका लागि […]

फेरि स्कुल बन्द नहोस् !

३० भदौ, काठमाडौं । चामुण्डा माध्यमिक विद्यालय, गोकर्णेश्वरमा कक्षा ९ अध्ययनरत निशान्त श्रेष्ठले अनलाइन कक्षा लिन थालेको दुई साता नवित्दै मोबाइल बिग्रियो । मोबाइल नभएका कारण उनले अनलाइन कक्षामा सहभागिता जनाउन पाएनन् । १५ भदौबाट भौतिक उपस्थितिमा विद्यालय सञ्चालनमा आएपछि भने उनी खुसी छन् । ‘अनलाइन पढाइमा विभिन्न बाधाव्यवधान परिरहन्छन् । कक्षामा जस्तो ध्यान केन्द्रित  […]

जब्बर जानुका: लिडर पनि, निडर पनि

नीलबाराही मावि कालीमाटी उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालय मध्ये एक हो । २०१० सालमा स्थापना भएको विद्यालयको २०६२ सालमा पहिलो महिला प्रधानाध्यापक बनिन् जानुका नेपाल पौडेल ।  १२ सय विद्यार्थी रहेको विद्यालयमा कक्षा १२ सम्म पढाइ हुन्छ । आफ्नो रात–दिनको मिहिनेतले उत्कृष्ट विद्यालय मध्ये एक बनाउन सफल भएको जानुकाको दाबी छ । कोरोना संक्रमणका कारण २०७६ […]

असोज १ गतेदेखि खुल्लान् काठमाडौं उपत्यकाका विद्यालयहरु ?

२७ भदौ, काठमाडौं । कोभिड-१९ को संक्रमण घटेसँगै स्थानीय तहहरुले विद्यालय खोल्न थालेका छन् । काठमाडौं उपत्यकामा पनि १ असोजदेखि जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को अनुमति लिएर विद्यालय खोल्न सक्ने भनिएको छ । त्यसका लागि भदौ मसान्तभित्र विद्यालयहरुले स्थानीयलाई र स्थानीय तहले कोरोना संक्रमणको अवस्था, विद्यालय सञ्चालनका विधिसम्बन्धी विवरण डीसीसीएमसीमा पेश गर्नुपर्ने भनिएको छ । […]

हेभी मेसिन चलाउन तयार १० महिला

२४ भदौ, काठमाडौं । इटहरीकी दीपा अधिकारी अहिले भक्तपुरको सानोठिमीस्थित सीटीजन प्राविधिक शिक्षालयमा ब्याकहोय लोडर चलाउन सिकिरहेकी छिन् । दुई छोराछोरी हुर्काउँदै इटहरीमा ई-रिक्सा चलाइरहेकी उनी एस्काभेटर लगायत हेभी मेसिन उत्पादक कम्पनी जेसीबीको ब्याकहोय चालक बन्ने मौका पाउनासाथ भक्तपुर आएकी हुन् । महिलाहरु घरमै सीमित हुनुहुँदैन भन्ने बिचार राख्ने उनले यसअघि इटहरी उप-महानगरपालिकाको ब्याकहोय लोडर […]

कक्षा १२ को परीक्षा नहुँदा विदेशमा पढ्न चाहनेहरु रोकिए

१४ भदौ, काठमाडौं । कक्षा १२ को परीक्षा पटक–पटक स्थगित हुँदा विदेश पढ्न जाने तयारीमा रहेका विद्यार्थीहरु मारमा परेका छन् । गत जेठ २६ गते हुने तय भएको कक्षा १२ को परीक्षा कोरोना महामारी फेरि बढ्न थालेपछि सरकारले स्थगित गरेको थियो । त्यसपछि पुनः साउन ३१ गतेदेखि तय भएको परीक्षा पनि कोरोना महामारीकै जोखिमका कारण […]

के हो एचपीभी खोप, नेपालमा किन प्रभावकारी हुन सकेन ?

३ भदौ, काठमाडौं । पाठेघरको मुखको क्यान्सर विरुद्घको खोप हो एचपीभी (हृयुमन प्यापुलोना भाइरस) । पाठेघरको मुखको क्यान्सर हुनमा ९० प्रतिशत भूमिका एचपीभीको हुने भक्तपुर क्यान्सर अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा.श्रृष्टि प्रजापति बताउँछिन् । त्यसैले त्यसको विरुद्घ खोप शुरु भएको हो । डा. प्रजापतिको अनुसार ४१ भन्दा बढी विकसित देशहरुमा खोप तालिकामा नै समावेश गरेर राखिएको […]

हिमाली जिल्लाका अधिकांश विद्यार्थीले पाएनन् पाठ्यपुस्तक

१३ साउन, काठमाडौं । शैक्षिक सत्र शुरु भएको करिब डेढ महिना बित्न लाग्दा पनि हिमाली जिल्लाका अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । असार एक गतेदेखि नयाँ शैक्षिक सत्र शुरु भएको छ । शैक्षिक सत्र शुरु भएको करिब डेढ महिना बितिसक्दा पनि हुम्ला जिल्लामा पाठ्यपुस्तक पुग्न सकेको छैन । जुम्लामा तीन वटा वितरकले पुस्तक पुर्याउने […]

अपहरणको उजुरी दिँदा ज्यान जोखिममा पर्ने डर !

७ साउन, काठमाडौं । गलैंचा कारखानाबाट बन्दी श्रमिक भागेपछि सञ्चालक रत्न लामाले निशा दम्पतीलाई खोज्न हरसम्भव प्रयास गरे । नभेटेपछि पर्साको ठोरीबाट उनका बच्चाहरु अपहरण गरेर ल्याए । बच्चाको सहायताबाट उनीहरुको आमाबुवालाई खोज्ने प्रयास गरेपनि नभेटेपछि बच्चाहरुलाई श्रममा मात्रै लगाएनन्, कुटपिट पनि गरे । तीन महिना बढी श्रममा लगाएपछि लामाले सात वर्षकी बालिका र पाँच […]

‘अन्न सकिएर घर बढारेजस्तै छ, कसरी अनलाइन पढाउनु !’

२३ असार, काठमाडौं । ‘दुई वटा घरमा काम गर्थें । निषेधाज्ञा भएपछि अहिले नआउनू भन्नुभएको छ। पछि बोलाउँछु भन्नुभएको थियो । अझै बोलाउनुभएको छैन’, चार वर्षदेखि घरेलु सहयोगीको रूपमा काम गर्दै आएकी नानु भट्टराईले बेरोजगारीको कथा सुनाइन् । काठमाडौं रातोपुल नजिकै बस्दै आएकी नानुले काम गर्ने घरहरू डेरा नजिकै छन् । ती घरहरूका ज्येष्ठ नागरिक […]