Comments Add Comment

मीरा राणा, संजय श्रेष्ठ र उद्धव पौडेल कमल थापाका उम्मेदवार

राप्रपा नेपालले विभिन्न चलचित्रकर्मी तथा संगीतकर्मीहरुलाई संविधान सभाको चुनावमा टिकट दिएको छ । प्रत्यक्ष तर्फ टिकट पाउनेमा चलचित्रकर्मी उद्धव पौडेल देखि गायिका मिरा राणासम्म छन् । राप्रपा नेपालले गायिका मिरा राणालाई काठमाण्डौ क्षेत्र नम्बर ३ बाट उठाउने भएको हो ।uddab-mira-and-sanjayaयस्तै गायक तथा संगीतकार संजय श्रेष्ठलाई काठमाण्डौ क्षेत्र नम्बर ६ बाट प्रत्यक्ष सिटको लागि टिकट दिइएको छ । चर्चित चलचित्रकर्मी तथा राप्रपा नेपालका केन्दि्रय सदस्य उद्धव पौडेललाई काठमाण्डौ क्षेत्र नम्बर ४ बाट उठाउने निर्णय गरिएको छ ।

२४० सिट मध्ये १९६ सिटका लागि उम्मेदवारहरुको घोषणा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment