+
+

मन्दिर, जहाँ गरिन्छ योनीको पुजा

अनलाइनखबर अनलाइनखबर
२०७० असोज ३१ गते १३:१७

देवताको लिंगको पुजा हुने मुख्य मन्दिर कुन हो ? त्यो कहाँ छ ? यसको उत्तर सायद सबैले दिन्छन् सहज रुपमा । किनकी त्यो मन्दिर पशुपतिनाथ हो र त्यहाँ शिव लिंगको पुजा हुन्छ । देवताको लिंगको पुजा हुने मन्दिरको नाम त बताउनुभयो । के तपाइँ देवीको योनीको पुजा हुने मन्दिरको नाम बताउन सक्नुहुन्छ ? सायद थाहा छैन होला । यस्तो मन्दिर भारतमा छ । भारतको असम राज्यस्थित कामाख्या मन्दिर यस्तो मन्दिर हो जहाँ देवीको योनीको पुजा हुन्छ ।

0621_kamakhya-temple-5

धर्मशास्त्र अनुसार यो मन्दिरमा सतिदेवीको योनी पतन भएकाले त्यहाँको शक्तिपिठमा योनीपुजा गरिने भएको हो । उक्त मन्दिरमा शक्तिको पुजा योनीरुपमा हुन्छ । त्यहाँ कुनै देवीको मर्ूर्ति छैन । योनीको आकारको शिला छ जसको माथिबाट रातो रंगको गेरुको घोलको धारा बगाइन्छ ।

निलाचल पहाडमा अवस्थित यो मन्दिरमा हरेक वर्षअंबुवासी मेला हुन्छ । उक्त मेलाका क्रममा लाखौँ भक्तजन मन्दिरमा आउँछन् । त्यस मेला अवधिभर कामाख्या माता रजस्वला हुने जनश्रुती छ ।

उक्त मन्दिर क्षेत्रमा जमिनमा एक योनीको आकृतिको दरार छ, जहाँबाट निरन्तर रुपमा पानीको मूल निस्किरहेको छ । श्रद्धालुहरुले त्यस जलमा पुजा गर्छन् । त्यस स्थानमा एक योनी आकृतिलाई रातो कपडाले छोपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?