+
+
Shares

‘कम्प्लाइन्समा कम्प्रमाईज’ गरेर बैंकमा एक मिनेट बस्दिन

जनता बैंक अहिले पनि सुदृढ, विश्ववनीय र गतिशील छ । सञ्चालक समिति व्यवसायिक छ । उसले आफ्नो दायरा बुझेको छ । प्रविधिको उच्चतम प्रयो गरेको छ । नेपालभर सञ्जाल विस्तार गरिसकेको छ । खासगरी ‘कम्प्लाइन्स’ (प्रचलित नियम कानून तथा नियामक निकायले जारी गरेका निर्देशनको पालन) मा जनता बैंक असाध्यै मजबुत छ । मेरो स्वभाव पनि सतप्रतिशत कम्प्लाइन्स खोज्ने हो ।

पत्रपत्रिकामा आएका केही समाचार र केही व्यक्तिले गरेका नराम्रा कुराहरु सुनेको आधारमा कहीँ कमजोरीहरु छ कि भन्ने मलाई पनि लागेको थियो । ट्रेजरीमा ९ करोडकोे नोक्सानी भएको र एनएसएममा भएको इन्टर बैंक लेण्डिङमा देखिएको समस्या सुन्दा निकै पीर लागेको थियो । तर, बैंकले लगानी गरेको संस्थामा भएको कमजोरीका कारण अन्तर बैंक कर्जा उठ्न केही कठिन भएको रहेछ । १६ करोडको कर्जामा ४० करोड रुपैयाँ बराबरको धितो रहेछ । र, त्यो बैंकले सकारिसकेको अवस्था रहेछ । झट्ट हेर्दा एउटा अफ्ठेरो देखियो ‘नन डेलिभरेवल फरवार्ड’ ।

अनलाइनखबर अनलाइनखबर
२०७० मंसिर २४ गते १०:११

डा. रमेश भट्टराईलाई जनता बैंक लिमिटेडको सञ्चालक समितिले गत असोज २३ गते प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्‍यो । नबिल बैंकसँग भएको फरवार्ड कन्ट्रयाक्टमा बैंकलाई ९ करोड रुपैयाँको क्षति भएपछि तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई निरन्तरता नदिई नयाँ सीइओ नियुक्ति गरिएको हो ।Ramesh-Kumar-2

३ वर्ष कार्यकारी प्रमुखसहित गरी २८ वर्ष कर्मचारी सञ्चय कोषमा सेवा गरी २०६८ पुस १२ गते अवकास लिनुभएका डा.भट्टराईले सन् १९९४ मा दिल्ली विश्वविद्यालयबाट ‘म्यानेजेरियल मोटिभेसन अफ पब्लिक इन्टरप्राइजेज’ मा विद्यावारीधी गर्नुभएको हो ।

कोषका तर्फबाट बैंक/वित्तीय संस्थासहित आधा दर्जन संस्थामा १५ वर्ष सञ्चालक भएर काम गरेको अनुभव भएपनि भट्टराईसँग कोर बैंकिङको अनुभव छैन । प्रचलित नियम, कानुन तथा नियामक निकायको निर्देशनको अक्षरस पालना गरी बैंकको सस्टेनेवल ग्रोथ गर्ने भट्टराईको दाबी छ ।

बैंकको विद्यमान अवस्थाको विश्लेषण गर्दै आगामी दिनमा बैंकले लिने नीतिमा केन्दि्रत रहेर अनलाइखबरका लागि पुष्प दुलालले प्रमुख कार्यकारी अधिकृत डा. भट्टराईसँग गरेको कुराकानीः

जीबनमा कहिल्यै काम नगरेको निजी क्षेत्रमा काम गर्दा कस्तो अनूभूति भइरहेको छ ?

कर्मचारी सञ्चय कोषमा कार्यकारी प्रमुख रहेर काम गरिरहेको अवस्थामा पनि विभिन्न बैंक/वित्तीय संस्था तथा अन्य संस्थाहरुमा कोषकातर्फबाट प्रतिनिधि सञ्चालक भएर निजी क्षेत्रसँग काम गरेको अनुवभ नभएको भने होईन । यद्यपि कोषमा रहँदा जस्तो जिम्मेवारी थियो, अहिले त्यो जिम्मेवारी फेरिएको छ । कोषमा सामान्य दैनिक कारोबारमा धेरै समय दिन आवश्यक थिएन । तर, जनता बैंकमा आइसकेपछि दैनिक कारोबारमा आफ्नो संलग्नता निकै बढी भएको अनूभूति भएको छ । कोष निक्षेप दिने संस्था भएकाले बैंक तथा वित्तीय संस्थाका साथीहरु मेरो संस्थामा निक्षेप राखेर सहयोग गर्नुपर्‍यो भन्दै आउनुहुन्थ्यो, अहिले म त्यो स्थानमा आइपुगेको छु ।

जनता बैंकको समग्र अवस्था कस्तो पाउनुभयो ?

जनता बैंक अहिले पनि सुदृढ, विश्ववनीय र गतिशील छ । सञ्चालक समिति व्यवसायिक छ । उसले आफ्नो दायरा बुझेको छ । प्रविधिको उच्चतम प्रयो गरेको छ । नेपालभर सञ्जाल विस्तार गरिसकेको छ । खासगरी ‘कम्प्लाइन्स’ (प्रचलित नियम कानून तथा नियामक निकायले जारी गरेका निर्देशनको पालन) मा जनता बैंक असाध्यै मजबुत छ । मेरो स्वभाव पनि सतप्रतिशत कम्प्लाइन्स खोज्ने हो ।

पत्रपत्रिकामा आएका केही समाचार र केही व्यक्तिले गरेका नराम्रा कुराहरु सुनेको आधारमा कहीँ कमजोरीहरु छ कि भन्ने मलाई पनि लागेको थियो । ट्रेजरीमा ९ करोडकोे नोक्सानी भएको र एनएसएममा भएको इन्टर बैंक लेण्डिङमा देखिएको समस्या सुन्दा निकै पीर लागेको थियो । तर, बैंकले लगानी गरेको संस्थामा भएको कमजोरीका कारण अन्तर बैंक कर्जा उठ्न केही कठिन भएको रहेछ । १६ करोडको कर्जामा ४० करोड रुपैयाँ बराबरको धितो रहेछ । र, त्यो बैंकले सकारिसकेको अवस्था रहेछ । झट्ट हेर्दा एउटा अफ्ठेरो देखियो ‘नन डेलिभरेवल फरवार्ड’ ।

फरवार्ड कन्ट्रयाक्टमा के भएको रहेछ ?

डलरको मूल्य एकदमै आकासिएको समयमा बैंकले नबिल बैंकसँग डलरको फरवार्ड कन्ट्रयाक्ट गर्‍यो । तुरुन्त डलर किन्न पाइएन । १०/१५ दिनको समय वित्यो । त्यस अवधिमै डलर अत्यधिक महंगो भयो । र, बढेकै समयमा बैंकले डलर खरिद गर्‍यो र सम्झौता बन्द गर्‍यो । त्यही क्रममा बैंकले ९ करोड रुपैयाँको क्षति व्यहोर्‍यो । बिजनेस गर्दा घाटा नाफ हुनु सामान्य हो । डलरको मुल्य घटेको भए जनता बैंकलाई नाफा हुन्थ्यो । तत्कालीन व्यवस्थापकले डलरको मूल्य यतिधेरै बढ्ला भन्ने सोचेको देखिएन । स्वभाविक के पनि हो भने कसैले पनि डलरको मुल्य त्यसरी बढ्ला भनेर आँकलन गरेका थिएनन् ।

त्यसलाई व्यवस्थापकीय कमजोरी भन्ने कि परिस्थितिको नियति ?

सबैभन्दा महत्वपूर्ण कुरा त परिस्थिति नै हो । सँगसँगै डलरको भाउ बढ्न सक्छ भन्ने विश्लेषण नगरी कन्ट्रयाक्ट ओपन राख्नु व्यवस्थापनको पनि कमजोरी हो । सामान्यतया यस्तो सम्झौता खुल्ला राखिँदैन । तर, अहिले पनि धेरै बैंकले यस्तो सम्झौता खुल्ला राखेका छन् भन्ने सुनेको छु । त्यो गलत हो । यदि जनता बैंकले पनि अहिलेसम्म सम्झौता बन्द नगरेको भए क्षति व्यहोर्नु पर्दैन थियो । तर, नियमको पालना गर्ने सवालमा घाटा हुने देखिए पनि सम्झौता तत्काल बन्द गरिएको रहेछ । यो सकरात्मक पक्ष हो । यद्यपि बैंकर भएपछि दूरदृष्टि राख्न सक्नुपर्छ । बैंकलाई नोक्सान हुनेगरी व्यवस्थापन किन नेक्लिजेन्ट भयो ? सम्झौता किन तुरुन्त बन्द गरिएन ? यदि बन्द गर्न सक्नेे अवस्था थिएन भने किन सम्झौतामा प्रबेस गरियो भनेर प्रश्न गर्ने ठाउँहरु छन् । तर, व्यवस्थापनमा रिपोटिङ्गको ल्याप्सेसका कारण बैंकले यो क्षति भोग्नुपरेको हो भन्ने मेरो जानकारीमा आएको छ ।

Ramesh-Kumar-Bhattrai-(Jana

साधारणसभामा कुरा उठ्ला कसरी फेस गर्नुहुन्छ ?

तत्कालीन सीइओ र ट्रेजरी विभागले डलरको भाउ त्यति धेरै बढ्ला भनेर नसोचेको पाईयो । फरवार्ड कन्ट्रयाक्ट जस्तो प्राविधिक विषय सञ्चालकलाई थाहा हुने कुरै भएन । यद्यपि डलरको भाउ बढ्न थालेपछि सम्झौता तत्काल बन्द गरेको भए यति ठूलो क्षति व्यहोर्नु पर्दैनथ्यो । तत्काली सीइओ भइदिएको भए साधारणसभा फेस गर्न केही कठिन हुन्थ्यो होला । उहाँनै नभएको अवस्थामा यस पिषयमा खासै कुरा नउठ्ला । र, उठे पनि ठूलो रुप लिँदैन । आखिर कमाउन खोज्दा गुमेको न हो ।

पूर्ण कम्लाइन्सले नाफामा असर गर्ला नि ? सेयरधनीलाई राम्रो प्रतिफल दिन सकिएन भने साधारणसभा फेस गर्न गाह्रो पर्दैन ?

जुनजुन संस्थाहरुले कम्प्लाइन्समा कम्प्रमाइज गरेका छन्, उनीहरुको ग्रोथ छोटो अवधिको लागि राम्रो देखिए पनि टिकाउ हुँदैन । बढी निक्षेप संकलन गर्नु, कर्जा प्रवाह गर्नु र नाफा कमाउनु मात्रै बैंकको ग्रोथ होईन । तसर्थ हामी हाम्रा सेयरधनीहरुलाई यो कुरा बुझाउनै पर्छ ।

सेयरधनीले नाफा खोज्नु स्वभाविक भएपनि यथार्थतालाई विर्सनु हुँदैन । वाणिज्य बैंकहरुको न्यूनतम् चुक्ता पुँजी २ अर्ब भएका कारण बैंकले मात्रात्मकरुपमा धेरै नाफा कमाए पनि प्रतिशतका आधारमा सेयरधनीले पाउने प्रतिफल कम देखिन्छ । स्थापनाको ४ वर्षमै जनता बैंकले ९ प्रतिशतको प्रतिफल दिने घोषणा गरेको छ । यो सन्तोषजनक प्रतिफल हो आगमी वर्षहरुमा हामी दोहोरो अंकको प्रतिफल दिने र त्यसलाई निरन्तर बढाउँदै लाने कुरामा प्रतिवद्ध छौं । मुद्रस्पिmति दरलाई उछिन्ने प्रतिफल दिन सक्नु बैंक वित्तीय संस्थाका लागि निकै ठूलो कुरा हो । सेयरधनीहरुले नगद प्रतिफल कति पाइयो भनेर हेर्नु भन्दा पनि बैंक तथा वित्तीय संस्थाको प्रवर्द्धक तथा सञ्चालक हुँदा पाएको सामाजिक प्रतिष्ठा हेर्नुपर्छ । के त्यो सामाजिवक प्रतिष्ठा मुद्रामा परिवर्तन गर्न सकिन्छ ?

तपाईको दुई वर्षे कार्यकालमा बैंकको वित्तीय अवस्था कस्तो हुनेछ ?

आगामी दुई वर्षमा २५ अर्ब रुपैयाँ निक्षेप संकलन हुने छ भने कर्जा निक्षेप अनुपातको तोकिएको मापदण्ड भित्र रहेर सोही अुनपातमा कर्जा प्रवाह हुने छ । सेयरधनीलाई दोहोरो अंकको प्रतिफल दिन सक्षम हुनेछौं । म अरुसँग नभई आफैसँग प्रतिस्पर्धा गर्ने मान्छे हुँ । बैंकका सबै कर्मचारीहरुलाई आफैंसँग प्रतिस्पर्धा गरेर आजभन्दा भोली र भोली भन्दा पर्स अझ राम्रो गर्दै जानुपर्छ भनेर निर्देशित गरिसकेको छु । व्यक्ति गौण हो तर संस्थाको अमर रहनुपर्छ । बैंक जस्तो संस्था अनुमान जस्तो बलियो हुनुपर्छ । रोगी भएर बाँच्नु हुँदैन ।

बैंकमा संस्थागत निक्षेप कति छ ?

राष्ट्र बैंकले सरकारी संस्थान तथा सरकारी स्वामित्वका कार्यालयबाट आउने निक्षेपलाई मात्रै संस्थागत निक्षेप मान्ने नयाँ व्यवस्था गरेपछि हामी सीमाभित्र आएका छौं । जनता बैंकमा संस्थागत निक्षेप ५९ प्रतिशत छ । राष्ट्र बैंकले संस्थागत निक्षेप ६० प्रतिशतभन्दा बढी हुनु हुँदैन भनेको छ ।

बैंकको लगानी कुन क्षेत्रमा केन्दि्रत छ र अब कुन क्षेत्रमा केन्दि्रत हुन्छ ?

अहिले बैंकको लगानी व्यापार, उद्योग, एसएमईमा बढी केन्दि्रत छ । पूर्वाधार, जलविद्युत्मा ठूलो गलानी छैन । कृषि र उर्जामा राष्ट्र बैंकले तोके अनुसारको लगानी छ । उत्पादनशील क्षेत्रतर्फ २० प्रतिशत लगानी छ आगामी दिनमा ठूला औद्योगिक घरानाको लगानीलाई कम गरी क्रमशः साना तथा मझौलातर्फ डाइभर्ट गर्दै गलिनेछ ।

Ramesh-Kumar

जनता बैंकलाई एमालेहरुको बैंक भन्ने दाग लागेको छ, यसलाई कसरी हटाउने ?

मैले बैंकको विषयमा राजनीतिक विश्लेषण त गरेको छैन । तर, सञ्चालकहरुको स्वरुप हेर्दा त्यस्तो देखिँन । गत निर्वाचनमै पनि उहाँहरुबीच कसलाई भोट हाल्ने भन्ने विषयमा छलफल हुन्थ्यो । त्यसमा ९ जना सञ्चालकमध्ये एमालेमै भोल खसाल्ने सञ्चालकहरुको संख्या ५० प्रतिशत पनि पुगे जस्तो मैले पाईन । केही परिचित नेताहरु पनि प्रवर्द्धक भएका कारण नबुझ्नेहरुले त्यस्तो भन्न सक्छन् । तर, बुझ्नेहरुले हेर्ने भनेको त्यहाँको सञ्चालक समिति र व्यवस्थापन हो ।

क्याम्पस पढ्दादेखि नै गर्भर डा. युवराज खतिवडासँग तपाईको सम्बन्ध भएकाले राष्ट्र बैंकसँग समन्वय गर्नका लागि तपाईलाई प्रमुख कार्यकारी अधिकृत बनाएर ल्याइएको भन्ने सुनिन्छ नि ?

गभर्नरसँगको मेरो परिचय व्यवसायिक हो र व्यवसायिक नै रहनेछ । व्यक्तिगत सम्बन्धले सानातिना अफ्ठेराहरु फुक्न सक्लान्, तर राष्ट्र बैंकले गर्ने कारवाही गभर्नरले नभई सिस्टमले गर्ने भएकाले गभर्नरले कारवाही रोक्न सक्ने कुरा हुँदैन । संस्थागत कमजोरी ढाकछोप गर्न व्यक्तिगत सम्बन्धको कुनै अर्थ हुँदैन ।

अख्तियारले सोझै बैंकको फाइल माग्न थालेपछि बैंकरहरुले आतंकित भएको प्रतिक्रिया दिँदै आएका छन् । आतंकित हुनुपर्ने खास कारण के हो ?

यसका बारेमा नेपाल बैंकर्स संघमा छलफल भइरहेकाले मैले मेरो व्यक्तिगत कुरामात्रै भन्न सक्छु । अख्तियार संबैधानिक निकाय भएकाले आफ्नो दायराभन्दा बाहिर जाँदैन । तसर्थ, अख्तियारले बैंकको फाइल माग्दैमा बैंकरहरु डराउनुपर्ने कुनै कारण देख्दिन । यदि कसैले नराम्रो काम गरेको छ भने त्यो व्यक्तिलाई अख्तियारले समात्ला कि भनेर डर लाग्नु स्वभाविक हो । तर, राम्रो असल नियत राखेर काम गर्नेहरुलाई अख्तियारले केही गर्दैन भन्नेतर्फ पनि हामीले सोच्नु पर्छ । कानूनीे दायराभित्र रहेर अख्तियारले आफ्नो काम गर्ने सवालमा हामीले सहयोग गर्नुपर्छ ।

पछिल्लो समयमा धेरै बैंकरहरु बैंकिङ कसूरमा तानिइरहेको बेला तपाईले बैंकको सीइओको जिम्मेवारी लिनुभएको छ । आगामी दिनमा तपाईका मूख्य चुनौतिहरु के-के हुन् ?

प्रमुख कार्यकारी अधिकृतको हैसियतमा औपचारिकरुपमा पहिलोपटक सञ्चालक समितिसँग भएको बैठकमा कम्प्लाइन्ससहितको ग्रोथ आफ्नो मूख्य एजेण्डा रहेको बताएको थिएँ । कम्प्लाइन्सबिनाको ग्रोथ सस्टेनेवल नहुने भएकाले निजी क्षेत्रमा काम गरिरहनुभएका तपाईहरुलाई चसक्क हुनसक्ला । तर, म कम्लाइन्समा कम्प्रमाइज गरेर एक मिनेट पनि बस्दीन । नियमभन्दा बाहिर गएर हस्ताक्षर गर्न दबाब आएको दिन राजीनामा दिन्छु उहाँहरु खुसी हुनुभयो । र, हामीलाई सही निर्देशति गर्ने सीइओ भेट्यौ भन्ने प्रतिक्रिया दिनुभयो । यसले मलाई थप उत्साहित बनाएको छ । प्रचलित नियम कानून तथा नियामक निकायका निर्देश्नहरु संसोधन नभएसम्म अक्षरसा पालना गर्छु । बैंकको व्यवसाय गर्ने सिलसिलामा हुने जोखिममा कसैले कारवाही भोग्नु पर्दैन । तसर्थ, कम्पाइन्सको पूर्ण पालना नै मेरो चुनौति हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?