+
+
Shares

नक्कली दूतावास खडा गरेर ठगी धन्दा, छापा मार्दा प्रहरी नै चकित

उक्त घरबाट जैनले विदेशी कम्पनीहरू प्रयोग गरेर अवैध रूपमा रकम कारोबार (मनी लन्डरिङ) गरिरहेको समेत हुनसक्ने प्रहरीको आशंका छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ७ गते १९:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दिल्ली नजिकै नक्कली दूतावास स्थापना गरी ठगी गरेको आरोपमा ४७ वर्षीय हर्षवर्धन जैनलाई भारतीय प्रहरीले पक्राउ गरेको छ।
  • जैनले आफूलाई विभिन्न काल्पनिक संगठनका सल्लाहकार/राजदूत भन्दै नक्कली कागजात र फोटो प्रयोग गरी ठगी गरेको प्रहरीले जनाएको छ।
  • नक्कली दूतावास खडा गरिएको घरमा छापा मारेर प्रहरीले नक्कली कूटनीतिक नम्बर प्लेटका गाडी , ४५ लाख भारु नगद र विदेशी मुद्रा बरामद गरेको जानकारी दिएको छ।

७ साउन, काठमाडौं । भारतको राजधानी दिल्ली नजिकै नक्कली दूतावास स्थापना गरी ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

दिल्ली नजिकै घर भाडामा लिएर नक्कली दूतावास सञ्चालन गर्दै आएका एक व्यक्तिलाई भारतीय प्रहरीले पक्राउ गरेको गार्जियनले जनाएको छ ।

आफू राजदूत भएको भन्दै मानिसहरूलाई वैदेशिक रोजगारीको झुटो आश्वासन दिएर ठगी गरेको आरोपमा प्रहरीले ४७ वर्षीय हर्षवर्धन जैनलाई पक्राउ गरेको समाचारमा उल्लेख छ ।

उत्तर प्रदेश प्रहरीको विशेष दल (एसटीएफ) का वरिष्ठ प्रहरी अधिकृत सुशील घुलेका अनुसार पक्राउ परेका जैनले आफू ‘सेबोर्गा’ वा ‘वेस्टार्कटिका’ जस्ता संगठनका सल्लाहकार/राजदूत भएको दाबी गर्दै ठगी धन्दा चलाउँदै आएका थिए ।

विशेष सूचनाका आधारमा उक्त घरमा छापा मार्दा प्रहरी नै चकित परेको थियो ।

जैनले विभिन्न देशका नेताहरूसँग खिचिएका नक्कली फोटोहरू, भारतको परराष्ट्र मन्त्रालय र झन्डै तीन दर्जन देशहरूको नक्कली छापसहितका कागजातहरू प्रयोग गरेर नक्कली दूतावास खडा गरेको पाइएको प्रहरीको भनाइ छ ।

उनले नक्कली दूतावास चलाउँदै आएको भाडाको घरबाट प्रहरीले चारवटा नक्कली कूटनीतिक नम्बर प्लेट भएका सवारी साधन,  भारु ४५ लाख नगद तथा अन्य विदेशी मुद्राहरू बरामद गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

जैनले सक्कली दूतावासको भान दिन उक्त घरमा विभिन्न देशका झण्डाहरू समेत सजाएका थिए ।

उक्त घरबाट जैनले विदेशी कम्पनीहरू प्रयोग गरेर अवैध रूपमा रकम कारोबार (मनी लन्डरिङ) गरिरहेको समेत हुनसक्ने प्रहरीको आशंका छ ।

पक्राउ परेका जैनलाई कागजात किर्ते, नक्कली परिचय दिनु, ठगी तथा जालसाजीको अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?