Comments Add Comment

कान्छी बनाउन ल्याएकी युवतीलाई फिर्ता पठाइयो

२८ भदौ, सर्लाही । सर्लाही बरहथवा -४ का एक ६० वर्षका वृद्धले कान्छी श्रीमती बनाउने आश्वासन दिएर घर ल्याएका एक युवतीलाई केही दिन राखेर फिर्ता पठाएका छन् । वृद्ध रक्तु साहले काठमाडौंबाट ललाई-फकाई एक १९ वर्षकी युवतीलाई घर ल्याएर केही दिन राखी फिर्ता पठाएका हुन् ।

उनले सिन्धुपाल्चोक मेलम्ची घर भएकी युवतीलाई छोरा श्याम साह र अर्का एकको सहयोगमा फकाएर २० भदौमा घर ल्याएका थिए । अर्का व्यक्तिको पहिचान हुन नसकेको प्रहरीको भनाई छ । तर, साहका परिवारका अन्य सदस्यले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । उजुरी परेपछि महिला विकास नेपाल नामको संस्थाले युवतीको उद्धार गरी घर पठाएको संस्थाका संयोजक रामउदेश महतोले जानकारी दिएको नयाँ पत्रिकामा खबर छ ।

उजुरी परेपछि पनि बृद्धलाई प्रहरीले कारबाही नगरी छाडेको छ । बरहथवामा रहेको इलाका प्रहरी कार्यालयले वृद्ध र युवती दुवैलाई उपस्थित गराई सोधपुछ गरेको थियो । त्यस क्रममा युवतीले वृद्ध साहले प्रशस्त सम्पति दिएर कान्छी श्रीमती बनाएर राख्नु भनेकाले आफू आएको बताएकी थिइन् ।

यता वृद्धले यौन शोषण नगरेको भनेर युवतीले बयान दिएपछि वृद्धलाई कारबाही नगरिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक विजय यादवले बताए । केही वर्षअघि श्रीमतीको मृत्यु भएपछि उनी छोराबुहारी र नाति नातिनासँग बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment