Comments Add Comment

नेदरल्याण्डका दुई खेलाडीले पहिलो पेनाल्टी हान्न मानेनन्

Vlaar

नेदरल्याण्डका दुई खेलाडीले विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनाविरुद्ध पहिलो पेनाल्टी हान्न अस्वीकार गरेका छन् । निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि दुबै टोलीबाट गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

पहिलो पेनाल्टी हान्न नेदरल्याण्ड चयन भयो । तर, डच टोलीका दुई खेलाडीले पहिलो पेनाल्टी हान्न अस्वीकार गरेको प्रशिक्षक लुइस भान गालले बताए । ‘रन भ्लारअघि मैले दुई खेलाडीलाई पहिलो पेनाल्टी हान्न भनेँ’ उनले भनेका छन्-‘मलाई लाग्यो उनी मैदानमा राम्रो खेलाडी हुन् र उनमा कन्फिडेन्ट छ ।’ तर, अर्जेन्टिना गोलरक्षक रोमेरोले उनको प्रहार रोकिदिए ।

कोष्टारिकाविरुद्ध क्वाटरफाइनल नेदरल्याण्डले टाइब्रेकरमै जितेको थियो, जहाँ पहिलो पेनाल्टी रोविन भानपर्सीले हानेका थिए । तर, अर्जेन्टिनाविरुद्धको खेलमा उनी ९६ औैं मिनेटमा मैदानबाट बाहिरिसकेका थिए ।

पेनाल्टीमा हार्नु निकै पीडादायी हुने भन्दै प्रशिक्षक भान गालले भनेका छन्-उनीहरुभन्दा राम्रो नभएपनि अन्तिमसम्म पनि हामी उनीहरुसँग बराबरीमा थियौं । यो (पेनाल्टी) निकै निराशाजनक रहृयो ।’

उनले आफूसँग विकल्प भएको भए नियमित गोलरक्षक परिर्वतन गरेर टिम क्रुललाई पठाउने बताए । तर, उनीसँग सब्सिच्युट थिएन । कोष्टारिकाविरुद्ध पेनाल्टी हान्नुअघि नियमित गोलरक्षकको स्थानमा टिम क्रुल मैदान प्रवेश गरेका थिए । उनले दुर्इ पेनाल्टी रोकेपछि नेदरल्याण्डले अन्तिम चारमा स्थान बनाएको थियो ।

अर्जेन्टिनी गोलरक्षक रोमेरोले भान गालको प्रशिक्षणमा डच क्लबमा दुई सिजन बिताएका थिए । भानगेलले भने-कसरी पेनाल्टी रोक्ने भनेर मैले नै सिकाएको थिएँ, त्यसले पीडा दियो । हाम्रो क्लबले नै उनलाई युरोपमा ल्याएको थियो । उनीसँग प्रतिभा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment