Comments Add Comment

उपभोक्ता ठगेको भन्दै विमानस्थलका व्यापारीमाथि अख्तियारको छापा

२७ असार, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलभित्र महंगो सामान बेचेर उपभोक्तमाथि ठगी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थलभित्र रहेका पसलमा छापा मारेको छ ।

प्रतिकप चियालाई ५० रुपैयाँसम्म लिने गरेको, उपभोक्तालाई महंगोमा सामान बेचेर ठग्ने गरेको र वर्षौंसम्म अति कम मू्ल्यमा पसल भाडामा लिएर विमानस्थललाई समेत ठग्ने गरेको उजुरी परेपछि अख्तियारका कर्मचारीले छापा शुक्रबार मारेको स्रोतले अनलाइनखबरलाई बतायो ।

विमानस्थलमा छापा मार्न पुगेको अख्तियारको टोलीले विमानस्थल क्षेत्रभित्र विज्ञापनका लागि टाँगिएका पेप्सी लगायतका पेय पदार्थका होडिङ बोर्डहरुको समेत तस्वीर खिचेर लगेको प्रत्यक्षदर्शीले बताए । अख्तियारको टोली विमानस्थल प्रशासनमा भने प्रवेश नगरेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment