Comments Add Comment

‘न्यून गुणस्तरको बिटुमिन आयातमा कडाई गर’

Pradeekumar
२८ असार, काठमाडौं । बिटुमिन तथा ब्यारेल उद्योगका प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठले न्यून गुणस्तरका बिटुमिनले कालोपत्रे सडकको आयु छोटो हुने हुँदा भन्सार नाकामा गुणस्तर परिक्षण गरेर मात्र आयात गर्न सरकारलाई सुझाव दिएका छन् । अहिले कमसल खालको बिटुमिन आयात भइरहेको उनले दाबी गरेका छन् ।

रबराइज्ड बिटुमिन, पोलिमर बिटुमिन र बिटुमिन इमल्सन उत्पादन गर्ने कच्चा पदार्थ बल्क बिटुमिन र सोबाट उत्पादन हुने तयारी पदार्थ रबराइज्ड बिटुमिन, पोलिमर बिटुमिन तथा बिटुमिन इमल्सनको र तयारी पदार्थको भन्सार दरबन्दी एउटै भएको हुँदा उत्पादनमूलक उद्योगलाई ठूलो मर्का परिरहेको बताउँदै श्रेष्ठले कच्चा पदार्थ र तयारी पदार्थको भन्सार दरबन्दीमा पूनर्विचार गर्नुपर्ने उनको भनाई छ ।

नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको २५औं वाषिर्क साधरणसभामा बोल्दै प्रबन्ध सञ्चालक श्रेष्ठले आर्थिक वर्ष २०६९/०७० मा कच्चा पदर्थ आपूर्ति सम्झौता नविकरण ढिला भएकोले बिटुमिन बिक्रीमा केही कमी आएको हुँदा मुनाफा घट्न गएको शेयरधनीहरुलाई जानकारी गराए ।

सडक निर्माणका लागि आधारभूत वस्तु बिटुमिन, रबराइज्ड बिटुमिन तथा बिटुमिन इमल्सन उत्पादन गर्ने यस उद्योगलाई निजीकरण गरिएका उद्योगहरूमध्ये नमूना उद्योगका रूपमा विकसित गर्दै लैजान आफू तथा सञ्चालक समिति लागिपरेको श्रेष्ठको भनाई थियो ।

त्यसैगरी, यस उद्योगले पोलिमर बिटुमिन उत्पादन गरि उत्पादन विविधीकरण गर्न लागेको तथा अन्य बिटुमिनजन्य पदार्थको उत्पादन गर्न आवश्यक प्रकृया सुरु गरेको छ । उद्योगकै सकि्रयतामा नेपाल सिलिन्डर्स प्रालिको स्थापना गरी एलपीजी सिलिन्डरको आयातमा प्रतिस्थापन गर्न सफल रहेको ब्यहोरा समेत श्रेष्ठले शेयरधनीहरुलाई जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment