Comments Add Comment

महिलालाई जिस्काए तीन महिना कैद

mahila hinsa८ साउन, काठमाडौं । के तपाई कार्यालयमा काम गर्दा यौन शोषणमा पर्नुभएकोछ ? के कामका सिलसिलामा कुनै कार्यालय जाँदा सेवा प्रदायकबाट यौनजन्य दुव्र्यवहार वा हैरानी पाउनुभएको छ ? छ भने अब चुप लागेर, सहेर, डराएर वा चिन्तित भएर नबस्नोस् ।
यौनजन्य हिंसा गर्नेबिरुद्ध लड्नोस् । अब तपाईलाई न्याय दिने र पीडकलाई सजाय गर्ने कानुन आउँदैछ । तर, पुरुषहरु भने यौन हिंसामा परे सहेर बस्नुपर्ने अवस्था छ । किनकी यौनजन्य हिंसा नियन्त्रण गर्न बनाइन लागेको कानुनले महिलालाई मात्र समेटेको नेपाल समाचारपत्रमा खबर छ ।
सेवा दिने वा मनोरञ्जन दिने जुनसुकै कार्यालयमा काम गर्दा वा सेवा लिन जाँदा यौनजन्य हिंसामा परेका महिलालाई न्याय दिलाउन तथा यस्ता क्रियाकलाप निषेध गर्न पहिलोपटक कानुन बनाइन लागिएको हो । विभिन्न क्षेत्रका कार्यास्थलहरु तथा मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलाले भोग्नुपरेका यौनजन्य दुव्र्यवहार निषेध गर्न विधेयक बनाइएको छ ।
उक्त विधेयकमा कुनै कर्मचारी वा सेवाग्राहीलाई कार्यस्थलमा यौनजन्य दुव्यवहार गरेको ठहरेमा निजलाई कसुरको प्रकृति हेरी ३ महिनासम्म कैद वा २५ हजार जरिवाना वा दुवै हुने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment