Comments Add Comment

वायुसेवा निगममा इन्जिनियर अभाव

nepal-air-lines९ साउन, काठमाडौं । नेपाल वायुसेवा निगममा एयरक्राफ्ट मेन्टिनेन्स इन्जिनियर अभाव भएको छ । दक्ष पाइलट (क्याप्टेन)को अभाव खेपिरहेको राष्ट्रिय ध्वजाबाहक निगममा भएका दक्ष इन्जिनियर बढी सुविधामा निजी वायुसेवा कम्पनीमा जान थालेपछि अभाव भएको हो । निजी कम्पनीमा सुविधा बढी पाइने भएपछि नेवानि छाडेर उनीहरु ध्माधम त्यसतर्फ गइरहेका छन् तर निगमले आवश्यकताअनुसार नयाँ पाइलट थप्न सकेको छैन् ।
निगमकै एक इन्जिनियरले यो अवस्था कायम रहे समस्य आउने जानकारी दिए । पाइलटको अभाव पूरा गर्न निगमले भर्खरै २५ जना पाइलटको आवेदन मागेको छ । प्राविधिक विषय भएकाले नयाँ नियुक्तगर्न पूरा गर्नुपर्ने प्रक्रिया र दक्षताका लागि फेरि तालिम दिनुपर्ने हुन्छ । पाइलट र इन्जिनियर उत्पादन गर्न लामो समय लाग्ने अन्नपूर्ण पोस्टमा खबर छ । आगामी बैशाखसम्ममा निगममा आन्तरिक उडानमा नौ र अन्तर्राष्ट्रियमा चार गरी कुल १३ वटा जहाज हुने भएका छन् ।
एउटा जहाजका लागि चारजना इन्जिनियर अनिवार्य हुने भएकाले वैशाखसम्ममा कम्तीमा ५२ जना हुनुपर्ने निगमका एक इन्जिनियरको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment