Comments Add Comment

नेविसंघ बेलायतद्धारा पवित्र समाज सेवालाई सहयोग हस्तान्तरण

लण्डन । नेपाल विद्यार्थी संघ युकेले नेपाली स्थित पवित्र समाज सेवाको सहयोगार्थ लण्डनमा एक च्यारिटी डिनर कार्यक्रमको आयोजना गर्योक । समाजकी अध्यक्ष दिक्षा चापागाईंको बेलायत भ्रमणको अवसर पारी मंगलबार काठमाडौं नेप्लिज कुजिन रेष्टुरेण्टमा आयोजना गरिएको च्यारिटीबाट संकलित करीब दुई लाख चालीस हजार रुपैंया मध्ये पाँच सय दश पाउण्ड (करिब ९० हजार रुपैंयाँ) पाउण्ड नेविसंघ बेलायतका अध्यक्ष उमेश भण्डारी लगायत नेविसंघ बेलायतका उपस्थित सदस्यहरुले हस्तान्तरण गरे ।help

बांकी एक लाख पचास हजार रुपैयाँमा एनआरएनए युकेका अध्यक्ष महेन्द्र कंडेलले नेबिसंघ युके मार्फत रु एक लाख रुपौंया र जनसम्पर्क समितिका विभागीय सदस्य बिज्ञान प्रसाई र जनसम्पर्क समिति बेलायतका सभापति चेतनाथ खनालले रु पचास हजार दिने प्रतिबद्धता जनाएका छन ।

कार्यक्रमकी प्रमुख अतिथि चापागाईंले पवित्र समाजले गरेका क्रियाकलपहरु बारे जानकारी नेविसंघ बेलायतले गरेको कार्यक्रममा सहभागिता जनाउन पाउंदा खुशी लागेको बताईन । अन्तराष्ट्रिय वाङ्मय प्रीतष्ठानको निमण्त्रणामा बेलायत आइपुगेकी उनले समाजले कोहि जाती, धर्म, लिङ र उमेरका आधारमा भेदभाव नगरि सबैलाई आश्रय दिइएको बताईन । उनले बृद्धबृद्धा तथा बालबच्चाहरु बस्ने घर नभएको बताउंदै उनीहरुलाई बास स्थानको व्यवस्था गर्नु आफ्नो मुख्य ध्येय रहेको जानकारी दिइन ।

नेविसंघ बेलायतका अध्यक्ष उमेश भण्डारीले सहभागिप्रति आभार प्रकट गर्दै नेविसंघ बेलायतले समाजलाई यसरी सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । साथै सभापति भण्डारीले बि पी कोइरालाको ३२ औ स्मृति दिबसको सेरोफेरोमा रहेर आफ्ना भनाईहरु राखेका थिए ।

कार्यक्रममा नेपाली राष्ट्रिय गान बजाईनुका साथै शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो । कार्यक्रममा नेबिसंघ बेलायतका सदस्य गणेश दाहालले स्वागत मन्तव्य दिएभने विद्याथी दिपेश बिष्टले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा पवित्र सेवा समाजले गरेका गतिविधहरु समेटिएर तयार पारीएको भिडियो बृत्तचित्र प्रदर्शनी गरिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस जनसम्पर्क विभाग सदस्य विज्ञान प्रसाई, गैर आवासीय नेपाली संघ युकेका महेन्द्र कंडेल, एनपीसीसी बेलायतका सभापति चेतनाथ खनाल, महामन्त्री युबराज सिंह, बि बि सी नेपाली सेवा युकेका सुमन खरेल, यति एसोसियसन युकेका अध्यक्ष उमेश मोक्तान हरि के सी, भाइराजा गुरुङ, अन्तराष्ट्रिय नेपाली बाङ्मय प्रतिष्ठानका उपाध्यक्ष गोपी कृष्ण प्रसाई, समाजसेवी नबराज भट्टराई, फोटो पत्रकार एभरेस्ट गौतम, पत्रकार शिब भण्डारी, रञ्जित बस्नेत, गायक सुजन पराजुली र नेपाल बिधार्थी संघका सदस्य कुश बस्नेत, नबराज कार्की, तेज खड्का, लक्ष्मी बस्नेत, विद्यार्थीहरु गौरब ढकाल, रुपक अधिकारी, राधा घिमिरे, अर्जुन थपलिया लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment