Comments Add Comment

जहाँ कुखुरा डाक्टर बन्छ र मानसिक रोगीको उपचार गरिदिन्छ

chickenshouseकुखराले डाक्टरी काम गरेको थाहा पाउनुभएको छ ? कुखुराको मासुको झोल खाँदा जिउमा लागेको सर्दी निख्रने कुरा बाहेक अरु थाहा छैन होला । तर दक्षिण पश्चिमी जर्मनीमा भने कुखुरालाई डाक्टर बनाइएको छ ।
त्यहाँ मानिसक रुपमा कमजोर विरामीहरुको उपचारका लागि अनौठो विधिको प्रयोग गरिन्छ, जहाँ विरामीहरुलाई कुखुरासँग समय बिताउन तथा कुखुराको स्याहार सुसार गर्ने जिम्मा दिइन्छ ।
जर्मनीको अर्गानिक फार्मिङ कम्पनी रिसेनहाफ गाएरनेरेइमा कुखुरालाई यस्तो डाक्टर बनाइएको हो । कम्पनीका प्रमुखका अनुसार कुखुराबाट उपचार गराउन आउनेले कुखुराको स्याहार गर्नुका साथै कुखुराले पार्ने अण्डाको समेत देखभाल गर्नुपर्नेछ ।
प्रत्येक केही हप्ताको अन्तरालमा चिकनहाउस नामको एक लामो ट्रयाक्टर ट्रेलर नयाँ ठाउँमा लगिन्छ । त्यो ठाउँ सधै एक खुला मैदान हुन्छ जहाँ दिमागी स्वास्थ्य सम्बन्धि समस्यासँग जुधिरहेका रोगीहरुले कुखुरा कुखुरीसँगै काम गर्छन् । रोगीले उक्त मोबाइल पोल्ट्रीको रेखदेख गर्छन् । अण्डा जम्मा गर्छन् । चिकनहाउसको सरसफाइ गर्छन् तथा यसलाई नयाँ स्थानमा लैजाने तयारीमा समेत सहयोग गर्छन् ।
राम्रो मौसम भएका बेला कुखुराको उक्त ट्रकलाई हरेक दुइ हप्तामा नयाँ ठाउँमा लगिन्छ । तर जाडो र वषर्ा याममा भने हरेक हप्तामै नयाँ नयाँ स्थानमा लग्ने गरिन्छ । यसो गर्नु मानसिक रोगी मान्छेका लागि मात्र कुखुराका लागि पनि फाइदाजनक हुन्छ ।
मनोविज्ञहरुका अनुसार मानसिक रुपले कमजोर तथा मानसिक स्वास्थ्य समस्या झेलिरहेका व्यक्तिहरुको लागि जनावरको हेरचाहको कामले मनोबल बढाउन मद्दत पुग्छ । यस्तो कामले रोगीहरुलाई महसुस हुन्छ की उनीहरुको पनि महत्व छ र उनीहरुमाथि पनि जिम्मेवारी सुम्पिइएको छ । यो कामका लागि उनीहरुलाई कुनै जटिल विवरण दिन तथा सम्झनु पनि पर्दैन । आफ्नो काम आफसेआफ सम्भिmइहालिन्छ । मानसिक रुपमा अस्वस्थ मानिसहरुका लागि पैसा तथा अन्य पुरस्कारजन्य कुराले सिक्ने काममा उत्प्रेरणा नदिने मनोविज्ञहरुको ठम्याइ छ । त्यसैले उनीहरुलाई आफ्नो महत्व बोध गराउने खालका यस्तै सामान्य तथा प्रकृतिसँग नजिक बनाउने काम दिएर प्राकृतिक उपचारको विधि अपनाइएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment