Comments Add Comment

मेस्सीमाथिको छानविन रोक्न अदालतद्वारा अस्वीकार

lionel messi

१३ साउन, काठमाडौं । स्पेनको एक अदालतले कर छलेको आरोपमा बार्सिलोनाका स्टार लिओनल मेस्सीमाथिको छानविन अघि बढाएको छ ।

मेस्सीमाथि लागेको आरोप खारेज गर्न सरकारी वकिलले गरेको सिफारिसका बावजुत न्यायाधीशले छानविन रोक्न अस्वीकार गरेका हुन् । परिवारको आर्थिक स्रोतका लागि मेस्सीका बाबु जर्ज मेस्सी जिम्मेवार रहेको भन्दै सरकारी वकिलले मेस्सी दोषी नभएको बताएको थियो ।

तर, बार्सिलोनाको अदालतले भने मेस्सी जानकार रहेको हुन सक्ने बताएको छ ।

मेस्सी र उनका बाबुले भने सन् २००६ देखि ००९ सम्ममा मेस्सीको तस्वीर प्रयोगबाट आएको रकमको ३ मिलियन पाउण्ड कर छलेको आरोप अस्वीकार गर्दै आएका छन् । सर्वाधिक कमाउने खेलाडी मध्येका एक मेस्सीले बाषिर्क ३१ मिलियन पाउण्डभन्दा बढी कमाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment