Comments Add Comment

तीजको गीतमा गरिमा र सुमिनाको भिडन्त(भिडियो)

sumina-ghimire-and-garima-panta
शम्भू प्रधानले निर्देशन गरेको चलचित्र ‘रंग बैजनी’को तीज गीत सार्वजनिक गरिएको छ । गीतमा नायिकाद्धय गरिमा पन्त र सुमिना घिमिरेले नृत्य मार्फत प्रतिस्पर्धा गरेका छन् । यादव खरेलको शब्द तथा दिप प्रधानको संगीतमा तयार भएको गीतमा सुम्निमा सिंह र प्रविशा अधिकारीको आवाज छ ।

गीतलाई वसन्त श्रेष्ठले कोरियोग्राफी गरेका हुन् । आफूले मन पराएको यूवकको लामो आयुको कामना गर्दै यो तीज गीतको रचना गरिएको छ । ब्रत बस्ने क्रममा दुई नायिकाले आफ्नो पीडा र प्रतिस्पर्धालाई गीत मार्फत व्यक्त गरेको छन् ।

चलचित्रमा नायकको रुपमा दीकपाल कार्कीले अभिनय गरेका छन् । चलचित्रको प्रदर्शन डीसेम्बर १२ तारिखबाट गरिनेछ । चलचित्रमा संचारकर्मी प्रणव सुवेदीले मुख्य सहायक निर्देशकको काम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment