Comments Add Comment

बार्सिलोनाका लागि पूर्ण फिट हुन्छु : नेयमार

१६ साउन, काठमाडौं । ब्राजिलियन स्टार नेयमारले बार्सिलानाको नयाँ सिजनका लागि आफू पूर्ण फिट हुने बताएका छन् ।

Neymarविश्वकप फुटबलको क्वाटरफाइनलमा उनको ढाडको एउटा हड्डी भाँचिएको थियो, जसका कारण उनले विश्वकपका बाँकी खेल समेत गुमाएका थिए ।

जापान पुगेका नेयमारले ला लिगा सुरु हुने बेलासम्ममा आफू फिट हने बताए । ‘म दिनदिनै ठिक भइरहेको छु’ क्लबको वेबसाइटसँग उनले भनेका छन्–‘म पूर्ण फिट भएर बार्सिलोना आउँदैछु ।’

२२ बर्षीय नेयमारले राम्रो रिजल्टका लागि बार्सिलोनाका टिममेटलाई सहयोग गर्न आफू तयार रहेको बताए ।

नेयमार अगष्ट ५ मा बार्सिलोना पुग्नेछन् । उनले प्रि सिजन अभ्यासका क्रममा अगष्ट १८ मा लियोनविरुद्धको खेल खेल्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment