Comments Add Comment

संखुवासभाको पहिरोमा ५ को मृत्यु, ५ वेपत्ता

Sankhusava Lanslide१९ साउन, संखुवासभा । संखुवासभाको स्याबुन गाविस-३ फच्याङमा सोमबार बिहान ३ बजे झरेको पहिरोले पुरेर ५ जनाको मृत्यु भएको छ भने ५ जना वेपत्ता भएका छन् । राति झरेको पहिरोले कोइराला परिवारका तीनवटा  घर पुरेको थियो ।

पहिरोले पुरिएका मध्ये ५ जनाको शव निकालिसकिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । पहिरोले चिङ्खुवा निम्नमाध्यमिक विद्यालयका प्रधानध्यापक पुर्ण कोइरालाको सहित ३ घर पुरेको थियो ।

पहिरोमा पुरिएका मध्ये  कृतिमान कोइराला, पत्नी देवीमाया कोइराला र छोरी तुलसाको पनि शव फेला परेको छ । त्यसैगरी  मेहरमान कोइराला र उनका छोरा प्रज्वलको पनि शव फेला परेको प्रहरिले जनाएको छ ।

पहिरोमा परी वेपत्ता प्रअ कोइराला, उनकी पत्नी सम्झना कोईराला, बुवा इन्द्रबहादुर कोईराला, छोराहरु रतनको अवस्था अझै खुल्न सकेको छैन । घटनास्थलबाट पुर्णका छोरा प्रज्वलको शव निकालिएको छ ।

बिहीबारे प्रहरी चौकीका इन्चार्ज असई इश्वर कार्कीका अनुसार हालसम्म ५ जनाको मात्र शव भेटिएको छ । पहिरोमा परेका अन्यलार्इ पनि जीवितै उद्दार गर्न सकिने अवस्था नरहेको असर्इ कार्कीले बताए । घटनास्थलमा बिहीबारे प्रहरी चौकी र स्थानीयबासीले उद्धार गरिरहेका छन् ।

सदरमुकाम खाँदबारी र चैनपुरबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सहितको टोली प्रस्थान गरी सकेको प्रमुख जिल्ला अधिकारी नन्दीकेशर त्रिपाठीले जानकारी दिए । घर माथिबाट झरेको पहिरोले थप १० घर उच्च जोखिममा रहेका असई इश्वर कार्कीले जानकारी दिए । वीरबहादुर, कुमार, खड्ग बहादुर कोइराला र मेदापे लिम्बूको घर उच्च जोखिममा छन् ।

मापदण्ड बिपरीत स्काभेटरको बढी प्रयोग गरी सडक बिस्तार गरेकाले पहिरो झरेको हुनसक्ने स्थानीय नागरिक समाजका अगुवा पुष्प कोइरालाले बताए ।
ध्यान कुलुङबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment