Comments Add Comment

मुनाफा : नविलको २३१ करोड, इन्भेष्टमेन्टको १९५ करोड र लुम्बिनीको २४ करोड

Banks

२९ साउन काठमाडौं । विहीबार आर्थिक वर्ष २०७०/०७१ को  वित्तीय विवरण सार्वजानिक गरेका नविल बैंक, इन्भेष्टमेन्ट बैंक र लुम्बीनी बैंकले नाफा बढाएका छन् । राष्ट्र बैंकले कर्जा र निक्षेपबीचको व्याज अन्तर (स्प्रेड) मा कडाई गरेपछि उल्लेख्यरुपमा व्याज आम्दानी बढ्न नसकेपछि बैंकहरुको नाफाको वृद्धिदर न्यून छ ।

नविल बैंक

नविलले बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएको थियो । व्याज आम्दानी नै बैंकको नाफा वृद्धिको मुख्य आधार हो । नविल बैंक नेपालको सबैभन्दा बढी नाफा कमाउने बैंक हो ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले २० करोड रुपैयाँ बढी खुद व्याज आम्दानी गरेको छ । २०७० असार मसान्तसम्ममा ३ अर्ब ५१ करोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकले २०७१ असार मसान्तसम्ममा ३ अर्ब ७१ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ ।

त्यसैगरी वैदेशिक मुद्राको कारोबारबाट अघिल्लो वर्ष ४८ करोड ९० लाखNabil-Bank- रुपैयाँ कमाएको बैंकले यस्तो कारोबारबाट गत वर्ष ५२ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

नियमित गतिविधिबाट हुने आम्दानी पनि १३ करोड रुपैयाँले बढेको छ । यस्तो क्रियाकलापबाट गत वर्ष ३ अर्ब ६३ करोड रुपैयाँ आम्दानी गरेको बैंकले अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब ५० करोड रुपैयाँ गरेको थियो ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष १ करोड रुपैयाँ कम सम्भावित जोखिम व्यवस्थामा छुट्याएको रकम फिर्ता (राइटव्याक) भएको छ । अघिल्लो वर्ष २ करोड ४७ लाख रुपैयाँ राइट व्याक गरेको बैंकले गत वर्ष गत वर्ष १ करोड ४६ लाख रुपैयाँ राइटव्याक गरेको छ ।

अघिललो वर्ष ६४ करोड ६७ लाख रुपैयाँ रहेको कर्मचारी खर्च गत वर्ष दुई करोड रुपैयाँभन्दा बढीले बढेर ६६ करोड २१ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष कूल कर्जाको २.१३ प्रतिशत रहेको रहेको खराब कर्जा गत वर्ष सामान्य बढेर २.२३ प्रतिशत पुगेको छ । बैंकको कर्जा र निक्षेपबीचको व्याज अन्तर (स्प्रेड दर) ५.३३ प्रतिशत रहेको छ । मुल्य आम्दानी अनुपात ३० गुणाले बढेको छ भने प्रति सेयर आम्दानी २ सय ९६ रुपैयाँ रहेको छ ।

२०७१ असार मसान्तसम्ममा बैंकले ७५ अर्ब ३६ करोड  रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । २०७० असार मसान्तसम्ममा ६३ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ६४ करानेड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकको चुक्ता पुँजी ३ अर्ब ४ करोड रुपैयाँ छ भने रिजर्व ५ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष रिवर्ज ४ अर्ब ६१ करोड रुपैयाँ थियो ।

इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ९१ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

अघिल्लो वर्षको तुलनामा बैंकको खुद व्याज आम्दानी ९ करोड रुपैयाँले घटेपछि उल्लेख्यरुपमा नाफा बढ्न नसकेको हो । नेपाल राष्ट्र बैंकले कर्जा र निक्षेपबीचको व्याज अन्तर (स्प्रेड दर) ५ प्रतिश कायम गर्नु पर्ने व्यवस्था गरेपछि बैंकको व्याज आम्दानी घटेको हो ।Investment-BAnk

बैंकको व्याज आम्दानी घटेको छ भने व्याज खर्च बढेको छ । अघिल्लो वर्ष ५ अर्ब ८६ करोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकले २ अर्ब ७७ करोड रुपैयाँ व्याज खर्च गरेको थियो । गत वर्ष ५ अर्ब ८२ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ भने २ अर्ब ८१ करोड रुपैयाँ व्याज खर्च गरेको छ ।

अघिल्लो वर्ष ३ अर्ब ९ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले गत वर्ष ३ अर्ब रुपैयाँ मात्रै खुद व्याज आम्दानी गरेको छ । अघिललो वर्ष ६.११ प्रतिशत रहेको कर्जा र निक्षेबबीचको व्याज अन्तर (स्प्रेड दर) गत वर्ष घटाएर ५.४१ प्रतिशतमा झारेको छ ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष ६३ करोड रुपैयाँ कम संभावित जोखिम व्यवस्थाका लागि छुट्याइएको रकम फिर्ता (राइटव्याक) गरेको छ । अघिल्लो वर्ष ९३ करोड रुपैयाँ राइट व्याक गरेको बैंकले गत वर्ष ३० करोड रुपैयाँ मात्रै राइट व्याक गरेको छ । राइटव्याकलाई पनि बैंकहरुले नाफामा देखाउन सक्छन् ।

अघिल्लो वर्ष १.९१ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटाएर १.६८ प्रतिशतमा सीमित गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ४ पैसा, प्रतिसेयर नेटवर्थ २ सय १६ रुपैयाँ ४० पैसा रहेको छ ।

गत वर्ष बैंकले ७३ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष बैंकले ६२ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

यस अवधिमा बैंकको चुक्ता पुँजी ४ अर्ब १४ करोड ६७ लाख रुपैयाँ पुगेको छ भने रिजर्व एण्ड सप्र्लस ४ अर्ब ८३ करोड ३६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष २ अर्ब ८७ करोड ५७ लाख रुपैयाँ रिजर्व एण्ड सप्र्लस रहेको थियो ।

लुम्बिनी बैंक

लुम्बिनी कैंकले गत आर्थिक वर्षमा २४ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिललो वर्ष बैंकले १४ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

संभावित जोखिम व्यवस्थाका लागि छुट्याइएको १५ करोड रुपैयाँ फिर्ता (राइटव्याक) भएपछि र ४ करोड रुपैयाँले खुद व्याज आम्दनानी बढेपछि बैंकको नाफा बढेको हो । अघिल्लो वर्ष ४९ करोड ६० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले गत वर्ष ५३ करोड २० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । बैंकको व्याज आम्दानी र व्याजखर्च दुबै बढेको छ । त्यसैगरी अघिल्लो वर्ष ३ करोड ६७ लाख रुपैयाँ राइटव्याक Lumbini-Bank-गरेको बैंकले गत वर्ष १५ करोड ३ लाख रुपैयाँ राइटव्याक गरेको छ ।

त्यसैगरी नियमित गतिविधिबाट हुने आम्दानी पनि अघिल्लो वर्षकोभन्दा १३ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्ष २४ करोड ८९ लाख रुपैयाँ आम्दानी भएकोमा गत वर्ष ३७ करोड ११ लाख रुपैयाँ आम्दानी भएको छ ।

गत वर्ष कुल कर्जामा खराब कर्जाको अुनपात ०.८८ प्रतिशत छ, अघिल्लो वर्ष खराब कर्जा ०.८६ प्रतिशत रहेको थियो । अघिल्लो वर्ष ५.२१ प्रतिशत रहेको स्प्रेड दर गत वर्ष ४.३७ प्रतिशत रहेको छ । त्यसैगरी बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ १८ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ४० रुपैयाँ १४ पैसा रहेको छ ।

गत वर्ष बैंकले १७ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब २४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

अघिल्लो वर्ष १ अर्ब ६० करोड रुपैयाँ रहेको चुक्ता पुँजी गत वर्ष १ अर्ब ८८ करोड ७५ लाख रुपैयाँ पुगेको छ । २०७१ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी अनिवार्य २ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्‍याउन बैंक एक वित्तीय संस्थालाई गाभ्ने प्रक्रियामा छ । बैंकसँग ७५ करोड ७६ लाख रुपैयाँ रिजर्भ रहेको छ । असिघल्लो वर्ष रिजर्भ ५८ करोड १३ लाख रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment