News Summary
Generated by OK AI. Editorially reviewed.- आर्सनलले न्युकासल युनाइटेडलाई १-० ले पराजित गर्दै इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ।
- एबेरेची इजेले नवौं मिनेटमा गरेको गोल नै आर्सनलको जितको निर्णायक बन्यो।
- आर्सनल ३४ खेलबाट ७३ अंक जोडेर शीर्षस्थानमा छ भने म्यान्चेस्टर सिटी ७० अंकसहित दोस्रो स्थानमा छ।
१३ वैशाख, काठमाडौं । आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा न्युकासल युनाइटेडलाई १-० ले पराजित गर्दै आर्सनल शीर्षस्थानमा उक्लिएको हो ।
आर्सनलको जितमा एबेरेची इजेले नवौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । न्युकासलले पनि गोलको केही अवसर सिर्जना गरेपनि गोल भने गर्न सकेन ।
जितपछि आर्सनल ३४ खेलबाट ७३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानको म्यान्चेस्टर सिटीले एक खेल कम खेलेर ७० अंक जोडेको छ ।
पराजित न्युकासल भने ४२ अंकका साथ १४औं स्थानमा छ ।
गएराति नै भएका अन्य खेलमा रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको टोटनहम हटस्परले वुभ्ल्सलाई पराजित गरेको छ भने वेस्ट ह्यामले एभर्टनलाई २-१ ले पराजित गरेको छ ।
प्रतिक्रिया 4