+
+
Shares

सुकुमवासीको अवस्था बुझ्न खटियो मानव अधिकार आयोगको टोली

सुकुमवासीहरुलाई हटाउँदा मानव अधिकार हनन भएको आरोप समेत लाग्ने गरेकाले मानव अधिकार आयोगको टोली अनुगमनमा खटिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १३ गते ११:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय मानव अधिकार आयोगको टोली सुकुमवासीको अवस्था बुझ्न कीर्तिपुरस्थित राधा स्वामी सत्सङ्ग व्यास पुगेको छ।
  • शनिबार थापाथली र गैह्रीधारा क्षेत्रबाट सुकुमवासीलाई हटाएर नागार्जुन र कीर्तिपुरका सत्सङ्ग भवनमा राखिएको थियो ।
  • आयोगले २०६९ सालमा वास्तविक सुकुमवासीको पहिचान गरी वैकल्पिक बसोबास व्यवस्था मिलाएर मात्र हटाउन सरकारलाई निर्देशन दिएको थियो ।

१३ वैशाख, काठमाडौं । सुकुमवासीको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली फिल्डमा खटिएको छ । आयोगको टोली सुकुमवासीको अवस्था बुझ्न आज बिहान कीर्तिपुरस्थित राधा स्वामी सत्सङ्ग व्यासमा पुगेको छ ।

शनिबार थापाथली र गैह्रीधारा क्षेत्रबाट सुकुमवासीलाई हटाइएको थियो । उनीहरुलाई नेपाल प्रहरी र नगर प्रहरीको टोलीले नागार्जुन, कीर्तिपुरको सत्संग भवन लगायतका स्थानमा लगेर राखेको छ ।

उनीहरुलाई हटाउँदा मानव अधिकार हनन भएको आरोप समेत लाग्ने गरेकाले मानव अधिकार आयोगको टोली अनुगमनका लागि खटिएको हो ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले सुकुमवासीहरुको अवस्था बुझ्न आयोगको टोली खटिएको जानकारी दिए ।

आयोगले सुकुमवासीहरुको व्यवस्थापनको सन्दर्भमा २०६९ सालमा सरकारलाई गरेको सिफारिस कार्यान्वयन गर्न भन्दै यही वैशाख ११ गते पत्राचार गरेको थियो । आयोगले २०६९ साल जेठ १ गते वास्तविक सुकुमवासीहरुको पहिचान गरी उनीहरुको बसोबासको वैकल्पिक व्यवस्था मिलाएर मात्र व्यवस्थापन गर्न सरकारलाई भनेको थियो ।

साथै अतिक्रमित जग्गाका घर टहरा खाली गराउने क्रममा अत्यधिक बल प्रयोग नगर्न र संयमित हुन पनि निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?