+
+
Shares

मानव अधिकार आयोगले भन्यो- वास्तविक सुकुमवासी पहिचान गरी व्यवस्थापन गर

मानव अधिकार आयोगले वास्तविक सुकुमवासीहरूको पहिचान गरी उनीहरूको व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते १५:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मानव अधिकार आयोगले वास्तविक सुकुमवासीहरूको पहिचान गरी उनीहरूको व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको छ।
  • आयोगका सहाक प्रवक्ता श्यामबाबु काफ्लेले सरकारले बागमती नदी किनारलगायत विभिन्न स्थानका सुकुमवासीहरूको घर टहरा हटाउने निर्णय गरेको विषयमा ध्यानाकर्षण गराएको बताए।
  • सरकारले भोलि बिहानदेखि काठमाडौंका विभिन्न स्थानका सुकुमवासी बस्ती हटाउने तयारी गरेको र बस्ती खाली गराउन भनिसकेको छ।

११ वैशाख, काठमाडौं । मानव अधिकार आयोगले वास्तविक सुकुमवासीहरूको पहिचान गरी उनीहरूको व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगका सहाक प्रवक्ता श्यामबाबु काफ्लेले विज्ञप्ति जारी गरी सरकारले बागमती नदी किनारलगायत विभिन्न स्थानका सुकुमवासीहरूको घर टहरा हटाउने निर्णय गरेको विषयमा ध्यानाकर्षण गराउँदै यस्तो आग्रह गरेका हुन् ।

आयोगले‍ यस विषयमा विगत गरेको सिफारिस पनि कार्यान्वयन सम्बन्धमा जानकारी पनि माग गर्दै सरकारलाई पत्र पठाइएको बताएको छ ।

सरकारले भोलि बिहानदेखि काठमाडौंका विभिन्न स्थानका सुकुमवासी बस्ती हटाउने तयारी गरेको छ । यसका लागि बस्ती खाली गराउन पनि भनिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?