Comments Add Comment

राष्ट्र बैंकको प्रष्टोक्तिपछि साढे ३८ अंकले बढ्यो नेप्से

११ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आफूले जारी गरेको परिपत्रले सेयर बजारमा कुनै असर नपर्ने प्रष्ट्याएसँगै नेप्से परिसूचक उच्च अंकले बढेको छ ।

बुधबार ३८.५७ अंकले बढेर नेप्से परिसूचक ९६०.४३ अंकमा पुगेको छ । यसअघिका तीन दिनमा नेप्से ७० अंकले घटेको थियो ।

nepal stockराष्ट्र बैंकले गत भदौ चार गते जारी गरेको लगानीसम्बन्धी परिपत्रको गलत व्याख्या गर्दै माफियाहरुले सेयर बजार घटाएका थिए ।

तीन दिनमै नेप्से ७० अंकले घटेपनि मंगलबार साँझ राष्ट्र बैंकले विज्ञप्ती जारी गरी परिपत्रले बैंक तथा वित्तीय संस्थालाई सेयरमा लगानी गर्न कुनै रोक नलगाएको प्रष्ट पारेको थियो । राष्ट्र बैंकले एकीकृत निर्देशिकाभन्दा फरक रहेर परिपत्र जारी नगरिएको पनि प्रष्ट पारेको छ ।

बुधबारको कारोबारबाट होटल समुह बाहेक सबै समुहका लगानीकर्ताले कमाउन सफल भएका छन् । होटल समुहको सूचक भने २.४९ अंकले घटेर १८६६.५९ अंकमा झरेको छ ।

यो दिन नेप्सेमा दुई तिहाइ हिस्सा भएको वाणिज्य बैंक समुहको सूचक ३६.६६ अंकले बढेको छ । यो समुहको मात्रै ३५ करोड ८३ लाख रुपैयाँको कारोबार भयो ।

त्यसैगरी जलविद्युत समुहको सूचक १७८.अंकले बढेको छ भने यो समुहको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बीमा समुहको सूचक २४८.९७ अंकले बढेको छ भने यो समुहको ५ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

त्यस्तै, विकास बैंक समुहको सूचक १७.९९ अंकले, वित्त कम्पनी समुहको सूचक ११.८४ अंकले, उत्पादनमूलक समुहको २४.३ अंकले र अन्य समुहको सूचक ७.५ अंकले बढेको छ । यो दिन १ सय ४० कम्पनीका १३ लाख २१ हजार कित्ता ६१ करोड ७४ लाख रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ ।

धेरै कमाउनेहरु
बुधबारको कारोबारबाट नेसनल लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, शिखर इनस्योरेन्स, गुराँस लाइफ इनस्योरेन्स, विश्व विकास बैंक, नागवेली लघुवित्त, एसियन लाइफ, चिलिमे हाइड्रोपावर कम्पनीको सेयरमुल्य १० प्रतिशतले बढ्यो ।

त्यसैगरी सूर्यालाईफ इन्स्योरेन्स, इन्प|mास्टक्चर डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कास्की फाइनान्स, बिराटलक्ष्मी विकास बैंक, वस्टर्न डेभलपमेन्ट बैंक, सिद्धार्थ इनस्योरेन्स, अल्पाइन डेभलपमेन्ट बैंक, यति विकास बैंक र सनराइज बैंकको  सेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

धेरै गुमाउनेहरु

त्यसैगरी बुधबारको कारोबारबाट मालिका विकास बैंकले सेयर मुल्य सबैभन्दा बढी ७.२७ प्रतिशतले घटेको छ । त्यस्तै जेविल्स फाइनान्सको ५.६६ प्रतिशत, नेसनल हाइड्रोको ४.७४ प्रतिशत, पि्रमियर इन्स्योरेन्सको ४.४७ र एभरेष्ट इनस्योरेन्सको ४ प्रतिशतले सेयर मुल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment