Comments Add Comment

अवैध कामदार आउन लाग्दा नेपाल वायुसेवा निगमनले ७० प्रतिशत भाडा बढायो

nepal_airlines

१५ भदौ, मलेसिया । नेपाल वायुसेवा निगम (नेवानि)ले मलेसिया-काठमाडौ हवाई भाडा ७० प्रतिशत बढाएको छ । मलेसियामा अबैधानिक रुपमा बसिरहेका नेपाली कामदार स्वदेश फर्काउने तयारी तयारी भइरहदा उसले भाडा बढाएको हो ।

मलेसियामा बसेका अबैधानिक आप्रवासी कुनै पनि बेला पक्राउ गर्न सक्ने भन्दै मलेसियास्थित नेपाली दूतावासले कोपरासी इमिग्रेसन मलेसिया बरहाड र नेपाली ब्यवसायीको समन्वयमा उनीहरुलाई स्वदेश फर्काउने सूचना जारी गरेको छ । उक्त सूचना आएकै भोलिपल्ट निगमले क्वालालम्पुर-काठमाडौको हवाई भाडा ७० प्रतिशत बढाएको नागरिक दैनिकले खबर छापेको छ । सस्तो भाडाको स्वदेशी वायुसेवाले बढाएपछि यसैमा चढेर दशैंमा घर फर्किने योजना बनाएका कामदारमाथि ब्ययभार थपिने भएको छ ।

नेपाल एयरलाइन्सले एकतर्फी हवाईभाडा पाँचसय तीन रिंगेट (१५ हजार ९० रुपैयाँ) बाट ८ सय ६० रिंगेट (२५ हजार सात सय रुपैयाँ) पुर्याएको छ । हवाईभाडा बृद्धिबाट ट्राभल डकुमेन्ट लिएर घर फिर्ने तयारीमा रहेका करिब १० हजार कामदार प्रभावित हुनेछन् ।

मलेसियास्थित नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले हवाईभाडा बृद्धिले फर्काउने तयारीमा रहेका कामदार रोकिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment