Comments Add Comment

फल्काओ लोनमा म्यानचेष्टर युनाइटेड आउने

Falcao

१६ भदौ, काठमाडौं । म्यानचेष्टर युनाइटेडले कोलम्बियाका स्ट्राइकर राडामेल फल्काओलाई लोनमा भित्र्याएको छ । फ्रान्सको लिग वान क्लब मानाकोले फल्काओलाई एक वर्षका लागि लोनमा पठाएको हो ।

२८ वर्षका फल्काओले गत सिजन मात्र २० खेल खेलेका थिए, जसमा ११ गोल गरे । लगतै चोटका कारण उनले सिजनको बाँकी खेलसँगै विश्वकप समेत गुमाए ।

यो सिजन उनलाई युनाइटेडसँग म्यानचेष्टर सिटी र आर्सनल, युभेन्टस र रियल मडि्रडले भित्र्याउन इच्छा देखाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment