Comments Add Comment

धानबालीमा विषादी छर्किदा किसान बिरामी

kishan
१७ भदौ, काठमाडौं । धानबालीमा विषादी छर्कदा सावधानी नअपनाएका कारण किसान बिरामी पर्न थालेका छन् । रोग र कीरा नियन्त्रणका लागि छर्कने विषादीले मानव स्वास्थ्यमा गम्भी असर गर्छ । बाली संरक्षण निर्देशनालयका निर्देशक डिल्लीराम शर्माले धानबालीमा आफूखसी कडा विषादी प्रयोग गरेका कारण किसान धमाधम बिरामी पर्न थालेको जानकारी दिए । विषादीबाट सबैभन्दा बढी चितवनका किसान प्रभावित भएका छन् । निर्देशनालयका अनुसार विषादी छर्कने चितवनका सातजना किसान एकदिन बिरामी परेको अन्नपूर्ण पोस्टमा खबर छ ।

उनका अनुसार विषादीका कारण सबैभन्दा बढी प्रभावित भएका खैरेनी नगरपालिका ५ बस्ने २५ वर्षका दीपक सापकोटाको चितवन मेडिकल कलेजमा सघन उपचार कक्ष -आईसीयू)मा उपचार भइरहेको छ । ‘सापकोटाको अवस्था चिन्ताजनक रहेको जानकारी आएको छ,’ उनले भने, ‘उनी अहिले पनि अचेत अवस्थामै छन् ।’ विषादीकै कारण एक किसानको मृत्यु समेत भएको सूचना आए पनि पुष्टि हुन नसकेको निर्देशनालयले जनाएको छ । निर्देशनालयले मृतकका बारेमा खोजी भइरहेको जनाएको छ । विषादीको अवशेष हावाको माध्यमबाट श्वास हुँदै फोक्सोमा पुगेर रगतमा मिसिएका कारण किसानहरु अचेत भएर ढल्ने गरेको चितवन मेडिकल कलेजका चिकित्सक सन्दीप पाण्डेले बताए ।

विषादी प्रयोग गर्नुपूर्व मुखमा मास्क, हातमा पन्जा, शरीरमा विशेष प्रकारका लुगा र खुट्टामा जुत्ता लगाउनुपर्छ । त्यसो नगर्दा खाद्य र तरकारी बालीमा प्रयोग हुने विषादीका कारण किसान उच्च जोखिममा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment