Comments Add Comment

ग्राहक सेवालाई पुनःपरिभाषित गर्दै सेवा रेमिट, पहिलो टीभीसी सार्वजनिक

sewa-remit१७ भदौ, काठमाण्डौ । नयाँ ब्यबस्थापनका साथ संचालनमा आएको मुलुककै पुरानो मनी ट्रान्सफर कम्पनी ‘सेवा रेमिट’ले आफ्नो पहिलो टीभीसी सार्वजनिक गरेको छ ।
नयाँ ब्राण्ड र नारासहित आफ्नो सेवालाई पुर्नपरिभाषित गर्ने अभियानमा जुटेको सेवाले ग्राहकको सेवा नै सेवाको मूल मर्म भएको सन्देश दिन खोजेको छ ।
‘ सेवा रेमिटको जुन इतिहास छ, त्यसको गौरवलाई कायम राख्दै ग्राहक सेवा अनुभवलाई थप उचाईमा पुर्‍याउन कोसिस गरेका छौं’ प्रबन्ध निर्देशक दामोदर खनालले भन्नुभयो-‘ हरेक नेपालीको सेवा नै सेवा रेमिटको पर्याय हो ।’
हाल कतारको सीटी एक्सचेन्ज, अल जमान एक्सचेन्ज, गल्फ एक्सचेन्ज, एक्सप्रेस मनी, इजी रेमिट, र प्लासिड एक्सचेन्जबाट नेपालमा रेमिन्ट्यान्स भित्र्याउँदै आएको सेवा रेमिटले छिटै थप अन्तराष्ट्रिय संजालहरुसँग सहकार्य गर्दै छ ।
अहिले नेपालभर करिव १ हजार ७ सय शाखा संजालबाट आफ्नो सेवा दिँदै आएको सेवाले सन् २०१४ को अन्त्यसम्म २ हजार ५ सय शाखा संजाल स्थापना गर्ने लक्ष्य लिएको छ ।
सेवा रेमिटले नेपालभित्र आन्तरिक मनी ट्रान्सफर सेवा पनि उपलब्ध गराउँदै आएको छ । सेवाको संजालमार्फत् मुलुकका जुनसुकै स्थापनबाट पनि रकम पठाउन र पाउन सकिन्छ ।

हेर्नुहोस् भिडियो-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment