Comments Add Comment

अहा ! स्वर्गद्वारीबाट देखिएको स्वर्ग ! (फोटो फिचर)

Sorgadwari1

निवेदन बैद्य 

२८ भदौ, काठमाडौं । प्यूठानको स्वर्गद्वारी मन्दिर नेपालको चर्चित धार्मिक पर्यटकीयस्थल हो । तर, यो सुन्दर स्थलको दर्शन गर्ने अवसर धेरै मानिसले पाउन सकेका छैनन् । विगतमा यातायातको सुविधा नहुँदा पहाड चढ्न कठीन भए पनि अब स्वर्गद्वारीको यात्रा सहज बनेकोे छ ।
पहाडको टाकुरामा वरिपरि जंगल छ भने थुम्कोमा मुख्य मन्दिर छ । यही मन्दिरलाई ‘स्वर्गद्वारी’ भन्छि । पाँच पाण्डवले स्वर्ग जाँदा अन्तिम स्थान यहीे बाटो भएर गएकाले यसको नाम स्वर्गद्वारी रहेको किंवदन्ती छ ।

स्वर्गद्वारी धार्मिक हिसावले जति महत्व रहेको छ, प्राकृतिक सुन्दरता पनि त्यति नै भरिपूर्ण छ । स्वर्गद्वारीबाट आठ हजार मीटर भन्दा अग्ला तीनवटा हिमाल र अन्य दर्जनौं हिम श्रृंखला हेर्न पाइन्छ ।

Sorgadwari0

स्वर्गद्वारीबाट देखिने हिमाल अन्नपूर्ण, धौलागिरी र मनास्लु लगायत छन् । विशेष गरी धौलागिरीलाई नजिकबाट नियाल्न स्वर्गद्वारी उपयुक्त स्थान हो ।

स्वर्गद्वारीको महत्व नेपालमा जस्तै भारतमा पनि छ । यही भएर बर्षेनी एक लाख भन्दा बढी भारतीय भक्तजनहरु स्वर्गद्वारी पुग्ने गर्दन् ।
रोल्पाका बाल तपस्वी हंसानन्द गिरी (महाप्रभु) ले विस १९५२ मा १ हजार ६ सय रोपनी जग्गामा स्वर्गद्वारी मन्दिरमा आश्रम बनाएका थिए ।

स्वर्गद्वारी मन्दिर १२० वर्ष पुरानो रहेको बताइन्छ । यहाँ अखण्ड ज्वालासहित धुनी, वेद पाठ र बली विनाको पूजा एवं हवन हुँदै आएको छ ।
मन्दिर परिसमा गणेश, देवी, सूर्य, बिष्णु, तथा शिवका मूर्ति र मन्दिरहरु बनाइएका छन् । मन्दिर आएका भक्तजनहरुलाई खान र बास बस्नका लागि मन्दिर व्यवस्थापनले नै चाँजो पाँजो मिलाउने गरेको छ ।

Sorgadwari (2)

स्वर्गद्वारीमा विशेष गरी बैशाख पूणिर्मा, बुद्धजयन्तीमा बिशेष मेला लाग्छ । त्यसबेला भारत र नेपालका हजारौ भक्तजनहरु आउने भएका कारण खानपिन तथा बासको व्यवस्थापनका लागि समस्या हुने गरेको छ ।

स्वगद्वारी मन्दिर परिसरबाट १५ मिनेटको पैदल दुरीमा महाप्रभु गुफा रहेको छ ।

स्वर्गद्वारी जाने बाटो

मन्दिर कसरी पुग्ने भन्ने विषयमा नेपालमा सहरी क्षेत्रमा उचित प्रसार प्रसार हुन नसक्दा जति आन्तरिक धार्मिक पर्यटकको आगमन हुनुपर्ने हो त्यति हुन सकेको छैन ।

काठमाण्डौबाट नेपालगञ्जसम्म हवाई यात्रा र त्यसपछि रोल्पा चल्ने बसमा प्युठानको भिङ्रीसम्म सार्वजनिक बसमा जान सकिन्छ । त्यसपछि ५ घण्टाको पैदल यात्रा गर्नुपर्छ । त्यहाँबाट निजी सवारी साधन पनि मन्दिर परिसरसम्म प्रयोग गर्न सकिन्छ ।

Sorgadwari (3)

Sorgadwari (4)

Sorgadwari (5)

Sorgadwari (6)

Sorgadwari (7)

Sorgadwari (8)

Sorgadwari (9)

Sorgadwari (12)

Sorgadwari (13)

Sorgadwari (14)

Sorgadwari (16)

Sorgadwari (17)तस्वीरः भरतबन्धु थापा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment