News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल इन्फ्रास्ट्रक्चर बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १६ करोड ६४ लाख रुपैयाँ रहँदै २० प्रतिशत घटेको छ।
- गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २० करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
- खुद ब्याज आम्दानी ७.७ प्रतिशत घटेर ३४ करोड ४२ लाख रुपैयाँमा झरेको छ।
१० कात्तिक, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २० प्रतिशत घटेको छ ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले १६ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २० करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी घटेसँगै खुद नाफामा असर देखिएको छ । खुद ब्याज आम्दानी पहिलेको तुलनामा ७.७ प्रतिशत घटेको छ । यस्तो आम्दानी पहिले ३७ करोड ३० लाख रहेकोमा अहिले ३४ करोड ४२ लाखमा झरेको छ ।
बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । वार्षिक प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८ पैसा छ । बैंकको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ३८ पैसा रहेको छ ।
२१ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ६७ करोड ३६ लाख रुपैयाँ सञ्चित छ।
प्रतिक्रिया 4