Comments Add Comment

कहाँबाट आउँछ सुशील कोइरालाको उपचार खर्च ?

२९ भदौ, काठमाडौं । नागरिक समाजका अगुवासमेत रहेका डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री सुशील कोइरालाको उपचार नेपालमै हुन सक्ने बताएका छन् ।

जनताबाट उठाइएको कर र विदेशमा मृत्यु भएका नेपाली जनताको लाससँगै साटिएको रेमिट्यान्स खर्च गरेर प्रधानमन्त्री कोइरालाले अमेरिकामा महंगो उपचार गराएको डा. दीक्षितको गुनासो छ । नेताले विदेशमै उपचार गराउने भए राष्ट्रको ढुकुटीबाट नभई आफ्नै निजी खर्चले गर्नुपर्ने उनको सुझाव छ ।

Sundarmani-Dikchhit-1

विदेश जाने भए आफ्नै पैसाले जाऊ !

नेताहरुको स्वास्थोपचारको कुरा गर्दा मेरो मान्यता के छ भने आम नागरिक आफ्नो खर्चमा जहाँ उपचार गर्न जान्छन्, जाउन् । राष्ट्रलाई देन दिएका घाइते, अपाङ्गहरुलाई राष्ट्रले उपचार गर्छ भने त्यसमा पनि मलाई केही भन्नु छैन ।

सुशील कोइरालाको उपचार भरतपुरमा पनि हुन्थ्यो । यहीँ भक्तपुरमा पनि क्यान्सर अस्पताल छ । करोडौं खर्च गरेर न्युयोर्क जाने त्यो पैसा कहाँबाट आएको छ, थाहा छ ?

तर, जुन नेताहरु निर्णय गर्ने ठाउँमा पुगेका छन्, तिनीहरुले स्वदेशमै हस्पिटल बनाउन सक्छन्, यहाँ उपचारको राम्रो व्यवस्था गर्न सक्छन्, यस्ता नेताहरुले औषधोपचार गर्न बाहिर जान हुँदैन । गए पनि आफ्नै पैसाले जाउन् । सरकारी पैसाले जान पाइँदैन ।

कुनै पनि नेता जहाँ जान चाहन्छ जाओस्, तर, ऊ आफ्नो पैसामा जाओस् ।

दोस्रो कुरा, राष्ट्रले कसैलाई पठाउनु छ भने, एबीसी कुनै नेताले विदेशमा उपचार गर्न जानुपर्‍यो भने उनीहरुले निवेदन दिनुपर्छ । तर, निवेदन के दिन्थे, आफूखुशी गर्छन् ।
ठूला नेताहरु, जस्तो मण्डेला भनौं, उनलाई राष्ट्रले नै घपक्कै मायाले ढाकेर जहाँ पुर्‍याएर हुन्छ, जनताले बचाउन चाहेका हुन् । गान्धी भए पनि त्यही हुन्थ्यो । अहिले सिंगापुरको लि क्वानलाई त्यही नै हुन्छ ।

यहाँ अहिले वीपी कोइराला भएको भए पनि त्यही नै हुन्थ्यो होला । तर, आजको दिनमा मेरो यो मुलुकका आउरे-बाउरे जोसुकै नेतालाई हाम्रो राष्ट्रको ढुकुटीबाट पैसा दिएर, करोडौंको सम्पत्ति खर्च गरेर विदेश पुर्‍याउनु कुनै पनि हालतमा सही होइन । उनीहरुको काम त यहाँको स्वास्थ्य सेवा प्रत्येक नागरिकलाई दिन सक्ने बनाउनुपर्थ्यो ।

आज राउटेले केही पाउँदैन । चेपाङले केही पाउँदैन । डोटीका मान्छे झाडा पखालाले मर्दा उनीहरुले केही नपाउने, यिनीहरुलाई चाँहि एयर एम्बुलेन्स दिएर पठाउने ? यिनीहरुको क्यान्सरको उपचार न्युयोर्क जानुपर्ने ? यिनीहरुले मुलुकलाई के देन दिएका छन् ? केही पनि दिएका छैनन् । मैले हैन, जनताले भन्नुपर्छ यो नेताले देशलाई यो देन दिएको छ, उसलाई हामीले बचाउनैपर्छ । त्यो अवस्थामा कुनै नेता छ भने ठीक छ, राष्ट्रको ढुकुटीबाट उपचार गर्दा हुन्छ । नत्र भने नो ।

सुशील कोइराला विदेशै जार्नुपर्थ्यो ?

हैन । विदेशै जानुपर्ने अवस्था थिएन । सुशील कोइरालाको उपचार भरतपुरमा पनि हुन्थ्यो । यहीँ भक्तपुरमा पनि क्यान्सर अस्पताल छ । बढी नै भए दिल्ली गएको भए पनि हुन्थ्यो नि ।

लोकेन्द्रजी म तपाईलाई हस्पिटल भर्ना गर्छु । तपाई नेता मान्छे, म तपाईलाई जनरल वार्डमा भर्ना गर्छु, क्याबिनमा गर्दिँंन है । लोकेन्द्रबहादुर साह्रै सरल मान्छे, उहाँले हुन्छ भन्नुभयो ।

करोडौं खर्च गरेर न्युयोर्क जाने त्यो पैसा कहाँबाट आएको छ, थाहा छ ? या त मेरो ट्याक्सबाट, या त खाडीबाट लाससँग आएको पैसा हो । यसै गरेर हामीले काम गर्ने हो त ?

राष्ट्रपति कोलोनोस्कोपी गर्न जापान गए

राष्ट्रपति डा. रामवरण यादव जापान जानुभो । एउटा कोलोनोस्कोपी गर्न जानु भो । त्यो केका लागि ? धेरै कुरा भन्न सकिन्छ, त्यहाँभित्र क्यान्सर देखिएको भए त्यहीँ उपचार हुन्थ्यो भन्न सकिएला । तर, नेपालमै एक से एक डाक्टर त छन् नि । इण्डियामै छैनन् र ? नेपालमा पनि छन् । जापान नै किन जानुपर्थ्यो ?

बीपी कोइरालाको क्यान्सरका कारण जीपी कोइरालाले चितवनको भरतपुरमा क्यान्सर अस्पताल खोलेको होइन र ? त्यहाँ कोही नेता किन नजाने ? त्यसलाई के पत्रु बनाइदिने ? सबै नेताचाँहि उपचार गर्न विदेश जाने हो भने अनि आम नागरिकको हस्पिटल कसरी सपि्रन्छ, मलाई बताइदिनोस् त ।

लोकेन्द्रबहादुर वीर अस्पतालमा भर्ना भए

वीरेन्द्र राजाका पालामा सूर्यबहादुर थापा प्रधानमन्त्री थिए, त्यसबेला लोकेन्द्रबहादुर चन्द मेरोमा आएर उपचार गर्नुहुन्थ्यो । एक दिन मैले यस्तो देखें कि उहाँलाई हस्पिटल भर्ना गरेर मैले उपचार गर्नुपर्ने भो ।

गोली लागेको छ, आफ्नी रानीलाई । राजाले भने काठमाडौं लग । राजा महेन्द्रले यसरी राति ३ बजे श्रीमतीलाई काठमाडौं ल्याए । उनी दिल्ली गएनन् । किनभने यो उनको नेपालप्रतिको अडान हो ।

मैले उहाँलाई भनें, लोकेन्द्रजी म तपाईलाई हस्पिटल भर्ना गर्छु । तपाई नेता मान्छे, म तपाईलाई जनरल वार्डमा भर्ना गर्छु, क्याबिनमा गर्दिँंन है । लोकेन्द्रबहादुर साह्रै सरल मान्छे, उहाँले हुन्छ भन्नुभयो ।

तपाईले मात्रै हुन्छ भनेर हुँदैन, तपाईका दुईवटा श्रीमती छन्, अहिल्यै फोन गरेर सोध्नोस्, डा. सा’पले मलाई जनरल वार्डमा भर्ना गर्दै हुनुहुन्छ, तिमीहरुको स्वीकृति चाहियो भनेर सोध्नोस् । मैले यसो भन्दा उहाँले हुन्छ भन्नुभयो ।

मैले भनें, तपाई त नेता हो । तपाई मेरो जनरल वार्डमा आउनुभयो भने मेरो वार्ड सपि्रन्छ । अरुले पनि त्यही सेवा पाउँछन् । लोकेन्द्रबहादुर असाध्यै असल मान्छे । उहाँले मान्नुभो । उहाँलाई मैले वीर अस्पतालको जनरल वार्डमै भर्ना गरें ।

Sundarmani-Dikchhit-2नतिजा केभो ? नेताहरु त लाइन लागेर आउन थाले । त्योबेला उहाँ प्रधानमन्त्री पनि हुनुहुन्थेन । उहाँ खाली एउटा एन्टी नेता हुनुहुन्थ्यो ।

मेरो त्यो बेडमा बस्दा बस्दै उहाँलाई दरबारबाट बोलावट आयो । उहाँले डा सा’प, आज प्यालेसबाट हुकुम आएको छ, म जाऔं कि भन्नुभयो । किन हँ ? प्रधानमन्त्री दिन लागेको हो कि क्या हो भनेर मैले सोधें । उहाँले खै सरकारको के हो, न्युयोर्क पठाउनलाई हो कि भन्नभयो । मैले ठट्टा गर्दै भनें, जानोस्, जानोस्, प्रधानमन्त्री पाउनलाई हो कि !

नभन्दै उहाँलाई न्युयोर्क पठाए । उहाँ फर्केर आएपछि प्रधानमन्त्री भइहाल्नुभयो ।

मैले त्यति गरेर वार्ड सपार्न खोजें । नेताहरुले गर्ने नै त्यही हो । हामीले गरेर देखायौं कि तपाईहरु यहीँ भर्ना हुनुपर्छ । मैले चन्दलाई पाँच/सात दिन भर्ना गरें । मैले पूर्वमन्त्री रुद्र गिरीलाई पनि त्यसैगरी वार्डमा भर्ना गरें । नेताहरुले यति गरिदिए भने तब नेपालका अस्पतालहरु राम्रा हुन्छन् ।

महेन्द्रले रानीलाई दिल्ली लगेनन्

महेन्द्र राजाकै कुरा गरौं न । कञ्चनपुरमा महेन्द्र राजाकी रानीलाई गोली लाग्यो । दिउँसो २/३ बजेतिर गोली लागेको थियो ।

मण्डेला, लि क्वान जस्ता नेता छन् भने गरौं, होइन भने मेरो राष्ट्रको ढुकुटीको पैसा, अरबमा नेपाली जनताको लाससँग साटेर कमाएको पैसा नेताको उपचारमा खर्च गर्न पाइँदैन ।

क्याम्पबाट हवाइ मैदानसम्म पुग्न कति समय लाग्थ्यो ? यतिकैमा बेलुका भयो, त्यहाँबाट दिल्ली आधा घण्टाको फ्लाइट छ । सबै सुविधा छ । राजा महेन्द्रलाई सबैले भने, सरकार दिल्ली नजिकै छ । आर्मीको चिफले पनि त्यसै भन्यो । महेन्द्रले के भने थाहा छ ? काठमाडौं लग ।

गोली लागेको छ, आफ्नी रानीलाई । राजाले भने काठमाडौं लग । आर्मीको चिफले के भन्यो भने सरकार, हामीसँग नाइट ल्याण्डडिङ छैन । महेन्द्रले भने, तिमीहरुले अभ्यास गरेका छौ, राँको बालेर नाइट ल्याण्डिङ गर ।

राजा महेन्द्रले यसरी राति ३ बजे श्रीमतीलाई काठमाडौं ल्याए । उनी दिल्ली गएनन् । किनभने यो उनको नेपालप्रतिको अडान हो । उनले यहीँ उपचार गराए । हाम्रो कत्रो इज्जत बढ्यो ।

सबै नेताहरुले यसै गरिदिए जनताको नजरमा नेपालका डाक्टरप्रति विश्वास बढ्थ्यो । अस्पतालको विकास हुन्थ्यो । आफू फुत्त-फुत्त भागिदिने, सानो सानो बिमारमा पनि बाहिरैतिर भागिदिने ।

लाससँग साटिएको पैसा

हामीले यस्तो व्यवस्था गर्नुपर्छ, जसले नेताहरुलाई सरकारी पैसाबाट, मेरो ढुकुटीबाट उपचार गर्न जाने हो भने स्वतन्त्र डाक्टर लैजाऊ, सरकारी सेवामा बसेको डाक्टर होइन । इण्डिपेन्डेन्ट डाक्टर राखेर, आफ्नो खर्चमा पठाउने हो कि ? या जनताको पैसाबाट दिने हो ? सरकारी सेवामा बसेको डाक्टरले हुँदै हुँदैन ।

यसलाई फलानो ठाउँमा जान स्वीकृति दिन्छु, तर सरकारी खर्चमा हैन, आफ्नो खर्चमा जाने । राष्ट्रको खर्चमा जाने हो भने तिमीलाई स्वीकृति पाइँदैन भनेर व्यवस्था गर्नुपर्छ । नागरिकले जसरी उपचार गर्छन्, गर्न पाउँछन् ।

मण्डेला, लि क्वान जस्ता नेता छन् भने गरौं, होइन भने मेरो राष्ट्रको ढुकुटीको पैसा, अरबमा नेपाली जनताको लाससँग साटेर कमाएको पैसा नेताको उपचारमा खर्च गर्न पाइँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment