News Summary
Generated by OK AI. Editorially reviewed.- लिबियामा तैनाथ संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि नयाँ भैरवीदल गुल्मलाई गुरुबक्स गुल्मले अदलीबदली गरेको छ ।
- आठौं डफ्फाका ४२ शान्ति सैनिकको पहिलो टोली २१ जेठमा मिसन इलाका प्रस्थान गरेको जंगी अड्डाले जनाएको छ ।
- लिबियामा आफ्नो कार्यकाल सकेर ६१ नेपाली शान्ति सैनिक स्वदेश फर्किएका छन् भने हाल त्यहाँ २१३ सैनिक कार्यरत छन् ।
२१ जेठ, काठमाडौं । लिबियामा तैनाथ शान्ति सैनिकको अदलीबदली भएको छ ।
संयुक्त राष्ट्रसंघको आह्वानमा तैनाथ नयाँ भैरवीदल गुल्म सातौं डफ्फालाई गुरुबक्स गुल्मको आठौं डफ्फाले बदली गरेको हो ।
आठौं डफ्फाका ४२ शान्ति सैनिकको पहिलो टोली २१ जेठमा मिसन इलाका प्रस्थान गरेको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ ।
उक्त मिसनमा आफ्नो कार्यकाल सकेर ६१ शान्ति सैनिक बिहीबार नै स्वदेश फिर्ता भएका छन् । हाल उक्त मिसनमा २१३ शान्ति सैनिक कार्यरत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4