News Summary
Generated by OK AI. Editorially reviewed.- सैनिकमञ्च टुँडीखेलमा आयोजित गणतन्त्र दिवस समारोहमा ड्युटीमा खटिएका एक सैनिक जवान अचानक भुइँमा लडेका छन् ।
- भुइँमा लडेका ती सैनिक जवानलाई तत्कालै सहयोगीहरू सैनिकमञ्चमै रहेको उपचारस्थलमा लगेका थिए ।
- नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले ती सैनिकको खुट्टा जाम भएर लडेको र उनको अवस्था सामान्य रहेको बताए ।
१५ जेठ, काठमाडौं । सैनिकमञ्च टुँडीखेलमा गणतन्त्र दिवस २०८३ मूल समारोह जारी रहेका बेला एक जना सैनिक जवान लडेका छन् ।
ड्युटीमा खटिएका बेला भुइँमा लमतन्न परेका उनलाई अन्यले उठाएका थिए । उनलाई सैनिकमञ्च परिसरमै रहेको उपचारस्थलमा लगिएको थियो । उनी सहयोगीहरुको सहरामा हिँडेरै उपचारस्थलमा पुगेका थिए ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले ती सैनिक एकैठाउँमा उँभिरहँदा ‘खुट्टा जाम’ भएर लडेको बताए । ‘कहिलेकाहिँ शरीरमा पानीको मात्रा कम भएर हुन्छ, कहिले खुट्टा जाम भएर त्यस्तो हुन्छ,’ प्रवक्ता बस्नेतले भने, ‘उनको खुट्टा जाम भएको थियो । उनी होसमै थिए । हिँडेरै गएको पनि देख्नुभयो होला ।’
उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता बस्नेतले जानकारी दिए । ती सैनिक जवानको परिचय भने खुलेको छैन ।


फोटाहरु : चन्द्र बहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4