+
+
Shares

होस्टल सहित ४ फर्मलाई ८५ हजार जरिबाना

अनुगमन क्रममा ललितपुर धोबीघाटस्थित टाउन ब्वाइज एन्ड गर्ल्स होस्टललाई ५० हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ ।  

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १७:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा उपभोक्ता ठग्ने चार व्यावसायिक फर्मलाई ८५ हजार रुपैयाँ जरिबाना गरेको छ ।
  • विभागले उपभोक्ता संरक्षण ऐन प्रतिकूल काम गरेको भन्दै ललितपुर धोबीघाटस्थित टाउन ब्वाइज एन्ड गर्ल्स होस्टललाई ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।
  • यस्तै ब्लु फक्स रेस्टुरेन्टलाई २० हजार, शाम्भाला होमलाई १० हजार र कोल्ड एन्ड हट स्पाइसी नुडल्सलाई ५ हजार रुपैयाँ जरिबाना गरिएको छ ।

२१ जेठ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा उपभोक्ता ठगी गर्ने तथा नियम उल्लंघन गर्ने चार वटा व्यावसायिक फर्मलाई ८५ हजार रुपैयाँ नगद जरिबाना तिराएको छ ।

विभागले बुधबार गरेको बजार अनुगमनमा ती फर्मले उपभोक्ता संरक्षण ऐन प्रतिकूल कार्य गरेको भेटिएपछि उक्त जरिबाना तिराइएको हो ।

अनुगमन क्रममा ललितपुर धोबीघाटस्थित टाउन ब्वाइज एन्ड गर्ल्स होस्टललाई ५० हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ ।

यसैगरी ललितपुर जावलाखेलमा रहेको ब्लु फक्स रेस्टुरेन्टलाई २० हजार, काठमाडौं बौद्ध क्षेत्रमा सञ्चालित शाम्भाला होम प्रालिलाई १० हजार र कोल्ड एन्ड हट स्पाइसी नुडल्सलाई ५ हजार रुपैयाँ जरिबाना तिराइएको छ ।

यी फर्मले ऐनको दफा १५ बमोजिमको निर्देशन पालना नगरेको र दफा ३८ (छ) बमोजिमको कसुर गरेको विभागको ठहर छ ।

जरिबाना बाहेक विभागले अन्य ५ व्यावसायिक फर्मलाई सामान्य निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?