Comments Add Comment

अख्तियारकै सुराकी पक्राउ

३१ भदौ, काठमाडौं । गलत धन्दा र घुस्याहा कर्मचारीलाई पक्राउ गर्न अख्तियारका अधिकारीहरुलाई सूचना दिँदै आएका एक सुराकी नै पक्राउ परेका छन् । सुराकी दिने नाममा असुली धन्दा चलाउँदै आएका सहदीप शाहलाई गत शुक्रबार आयोगका एसपी शेरबहादुर बस्नेतको टोलीले पक्राउ गरेको हो ।

श्ाह अख्तियारबाट हालै हटाइएका इन्सपेक्टर केपी शर्माका साथी र सुराकी हुन् । कमलपोखरीमा जुस उद्योग सञ्चालन गर्दै आएका मारवाडी व्यवसायी संजय सुरेखको मुद्दा मिलाइदिने भन्दै २ लाख घूस असुलेको घटनामा साह पक्राउ परेका हुन् ।शाहका पाँच जना साथीलाई अघिल्लो मंगलबार दरबारमार्गको रोयल साइनो रेस्टुरेन्टबाट पक्राउ गरेको थियो । सुरेखाले बाहिरबाट जुस ल्याई आफैं मिति राखेर बिगि्रएको जुस बेच्ने गरेको सूचनाका आधारमा उनको कम्पनीमा अख्तियार र राजस्व अनुसन्धान विभागले छापा हानी अनुसन्धान गरिरहेको दृष्टि साप्ताहिकमा खबर छ ।

सुरेखा तिनै व्यापारी हुन् जो ६ वर्षअघि युवती प्रयोग गरी अपहरणमा परेका थिए । सोही घटनामा तत्कालिन डीआईजी कल्याण तिमल्सिनासमेत मुछिएका थिए । तीन सुरेखासँग २ लाख रुपैयाँ लिएर निस्कँदै गरेको अवस्थामा धादिङका माधव अधिकारी, कंचनपुरका जीवन बम, रामेछापका रामकुमार बस्नेत, मकवानपुरका रुपक केसी र राजु सुनारलाई पक्राउ गरेको थियो । उनीहरुले बयान गर्दा साह र इन्सपेक्टर शर्माको निर्देशनमा आफूहरुले पैसा उठाएको बताएका छन् । साह र इन्सपेक्टर शर्माको निकटम सम्बन्ध रहेको र अनुसन्धानका क्रममा उक्त घूस प्रकरण शर्माकै संलग्नतामा देखिइसकेको स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment