Comments Add Comment

सोमबारका छापामा मुख्य खबर

राजधानीबाट सोमबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधन भएको, दुई छोरीसँगै एमाओवादी अध्यक्ष प्रचण्डले दागबत्री दिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

नयाँ पत्रिकाले कांग्रेस महाधिवेशन एक वर्ष लम्बिएको, बोगटीको निधनले माओवादी हेडक्वाटर मर्माहत भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

राजधानी दैनिकले चार वर्षपछि कांग्रेसलाई पूर्णता दिइएको, सर्वदलीय सम्मेलनको एजेन्डामै विवाद भएको, एमालेभित्रको विवादले पीडीए रोकिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

न्नर्पूणले माथिल्लो कर्णालीमा पीडीए गर्न एमालेको अवरोध भएको, तीन सय नेपाली कामदार लैजान इजरायल सहमत भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

नागरिक दैनिकले नेपाली दूतावासमा भारतीय अड्डा, कोरिया क्रिकेटमा नेपाली प्रशिक्षक रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

naya patrika

1

2

3

4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment