Comments Add Comment

लक्ष्मी बैंकले सेयरधनीलाई २१ प्रतिशत लाभांस दिने

laxmi-bank-ltd.३१ भदौ काठमाडौं । लक्ष्मी बैंकले आर्थिक वर्ष २०७०/०७१को नाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांस दिने निर्णय गरेको छ ।

मंगलबार बसेको बैंकको १५४ औं सञ्चालक समितिको बैठकले २० प्रतिशत (३९ करोड रुपैयाा बराबरका) बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको उक्त निर्णय नियामक निकाय नेपाल राष्ट्र बैंक र संस्थाकै आगामी साधारणसभाले अनुमोदन गर्न भने बाँकी छ ।

प्रस्तावित बोनस सेयर स्वीकृत भए बैंकको चुक्ता पुाजी दुई अर्ब ३३ करोड रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्ता पुाजी १ अर्ब ९४ करोड ८३ लाख रुपैयाँ छ ।

गत वर्ष बैंकले ४७ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  सो अवधिमा बैंकले ३० अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment