Comments Add Comment

काउली खानुका फाइदै फाइदा

cauliकाउली अर्थात् फूलगोभी सर्वसुलभ तथा स्वादिष्ट तरकारी मानिन्छ । हामीले काउलीलाई केवल सामान्य तरकारीका रुपमा बुझ्दै आएका छौँ ।

तर वैज्ञानिक अध्ययनहरुबाट काउली निकै लाभदायक हुने तथ्य पुष्टि भैसकेको छ । काउलीमा विभिन्न खाले औषधीय गुण हुने हुनाले यसको नियमित सेवन मानव स्वास्थ्यका लागि फाइदाजनक हुने विज्ञहरु बताउँछन् । काउलीका फाइदा यस्ता छन्ः-

  • काउलीमा हुने फाइबरले हाम्रो पाचन क्रियालाई तन्दुरुस्त राख्न मद्धत गर्दछ । यसले हामीलाई पेट सम्बन्धी रोगबाट बचाउन सहयोग गर्छ ।

 

  • गर्भावस्थामा समेत काउलीको सेवन लाभदायी हुन्छ । यसमा हुने भिटामिनहरु गर्भमा रहेको बच्चाका लागि हितकारी हुन्छ ।

 

  • विभिन्न वैज्ञानिक अध्ययनहरुले काउली लगायतका सागपातहरुले पेटको क्यान्सरको खतरा कम गर्ने तथ्य पत्ता लगाएका छन् ।

 

  • काउलीको नियमित भोजनले मोटोपनाबाट छुटकारा दिलाउन समेत सहयोग गर्छ । काउली वजन नियन्त्रणका लागि निकै सहयोगी सावित हुन्छ ।

 

  • काउलीमा प्रसस्त क्याल्सियम पाइन्छ । यस्तो क्याल्सियम हाम्रो सरीरको हड्डीको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ र यसले दाँतलाई समेत स्वस्थ र बलियो बनाउँछ ।

 

  • काउलीको सेवनले घाँटी सम्बन्धी विभिन्न खाले स्वास्थ्य समस्याबाट समेत छुटकारा दिलाउन सहयोग गर्छ ।

 

  • दिसाबाट रगत बग्ने तथा पाइल्स जस्ता रोगीका लागि काउलीको सेवन निकै फाइदाजनक हुन्छ ।

 

  • रक्तचाप सन्तुलन तथा रगतमा भएका विषाक्त पदार्थको निष्कासनमा समेत गोभी सहयोगी हुन्छ ।

 

  • काउलीको नियमित सेवनले कपाल झर्ने समस्या समेत घट्ने विज्ञहरु बताउँछन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment