Comments Add Comment

इल्चेविरुद्ध रोनाल्डोको चार गोल

Cristiano Ronaldo

८ असोज, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको चार गोलको मदतमा रियल मड्रिडले स्पेनिस ला लिगामा इल्चेविरुद्ध सहज जित हात पारेको छ ।

मंगलबार राति भएको खेलमा रियल मड्रिडले इल्चेलाई ५– १ गोल अन्तरले पराजित गरेको हो । खेलमा अग्रता भने इल्चेले लिएको थियो ।

१५ औं मिनेटमा एडु अलबाकरले पेनाल्टी गोल गर्दैै इल्चेलाई अग्रता दिलाए । तर, २० औं मिनेटमा ग्यारेथ बेलले रियल मड्रिडका लागि बराबरी गोल फर्काए ।

२८ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए भने ३२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा रियल मड्रिडलाई ३–१ को अग्रता दिलाए ।

खेलको ८० औं मिनेटमा रोनाल्डोले फेरि पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरे । यो रियल मड्रिडका लागि उनको २५ औं ह्याट्रिक हो । यसअघि डिपोर्टिभोविरुद्ध रियल मड्रिडलाई ८–२ को जित दिलाउने क्रममा रोनाल्डोले ह्याट्रिक गरेका थिए ।

खेलको अन्तिममा व्यक्तिगत चौथो गोल गर्दै रियल मड्रिडलाई ५–१ को जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment