Comments Add Comment

क्रिकेट टोली बैंकक हुँदै कोरिया उड्यो

९ असार, काठमाडौं । दुई रात त्रिभुवन अन्तराष्ट्रिय विमानलस्थलमा अलपत्र परेको नेपाली क्रिकेट टोली एसिडायका लागि शुक्रबार दिउँसो दक्षिण कोरिया गएको छ ।

फाइल फोटो
फाइल फोटो

शरद भेसवाकर र शक्ति गौचन मलेसियन एयरबाट गएका छन् भने कप्तान पारस खड्कासहितको टोली थाइ एयरबाट बैंकक हुँदा कोरिया पुग्नेछन् । नेपाली टोली शनिबार विहान ६:५५ मा कोरिया पुग्ने क्रिकेट एशोसिएसन अफ नेपाल क्यानले जनाएको छ ।

नेपाली टोली बुधबार नै कोरिया जाने कार्यक्रम थियो । तर, ड्रागन एयरको विमानमा आएको खराबीका कारण टोली दुई रात विमानस्थलमै अलपत्र परेका थिए । बुधबार दिउँसो ३ बजे विमानस्थलमा पुगेको टोली राति ३ बजे होटल फर्किएको थियो ।

बिहीबार विहान ७ बजे नै उडान हुने भनिए पनि फेरि विमानमा खरावी देखिएपछि शुक्रबार बिहान करिव ३ बजेतिर नै टोली होटल फर्कियो ।

लगातार दुई रात विमानस्थलमा अलपत्र पर्दा टोलीका सदस्यहरु तनाबमा थिए । शुक्रबार उडान नभए शनिबार कुवेतविरुद्धको खेल छुट्ने र यो निकै महंगो सावित हुने भएकाले प्रशिक्षक र खेलाडीहरु दबावमा थिए ।

समूह चरणको पहिलो खेलमा नेपालले शनिबार कुवेतको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment