Comments Add Comment

प्रधानन्यायाधीशमा रामकुमारप्रसाद साहको नाम अनुमोदन

Ram-Kumar-prasad-sha-in-sun१४ असोज, काठमाडौं । सर्वोच्च अदालतको प्रधान न्यायाधीशका लागि प्रस्ताव गरिएका बरिष्ठ न्यायाधीश रामकुमारप्रसाद साहको नाम अनुमोदन भएको छ । व्यवस्थापिका संसदको संसदीय सुनुवाइ समितिको मंगलबार बसेको बैठकले साहको नाम अनुमोदन गरेको छ ।

बहुमतको आधारमा समितिले साहको नामलाई अनुमोदन गरेको हो । समितिमा रहेका अधिकांश सभासद्हरु साहको पक्षमा थिए । उनीहरुले साहलाई प्रधानन्यायाधीश बनाउने बताएपनि स्वतन्त्र सभासद अतहर कमालले भने विरोध गरेका थिए ।

साहलाई प्रधानन्यायधीश दामोदरप्रसाद शर्माको कार्यकाल सकिएपछि राष्ट्रपतिले नियुक्ति गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment