+
+

जमराको वैज्ञानिक महत्व

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज १५ गते १७:१२

jamaraहिन्दुहरुको महान चाड बडादशैँ अन्तरगत घटस्थापनाको दिन राखेको जमरा दशैँको दिन टिका सँगै लगाउने गरिन्छ । प्रकाश नआउने स्थानमा शुद्ध माटोमा जौँ छरेर उमारिएको पहेँलो जमरालाई धर्मशास्त्रमा सम्बृद्धिको प्रतिक मानिन्छ ।  धर्मशास्त्रको व्याख्या आफ्नो ठाउँमा छ । वैज्ञानिक दृष्टिकोणबाट पनि जौँ र जमराको महत्व कम छैन ।

वास्तवमा जौँ निकै पौष्टिक खाद्यपदार्थ हो । यसमा कार्बोहाइड्रेट , प्रोटिनका साथै विभिन्न भिटामिनहरु प्रसस्त्र मात्रामा पाइन्छ । त्यसैले जौँ को सातु के गाउँ , के सहर जताततै चर्चित छ । अहिले विकाशे जातका अरु बालीहरु भित्रिएसँगै निकै पूरानो र भरपर्दो बालीको रुपमा रहेको जौँ विस्थापित हुँदै गएको छ , जसका कारण खाद्य असुरक्षा बढिरहेको विज्ञहरुले बताइरहेका छन् । यस हिसाबले हेर्दा जौँ को महत्व अझै धेरै भएको प्रष्ट हुन्छ ।

जौँ खाद्य  सुरक्षाका दृष्टिले मात्र होइन औषधिय गुणले पनि युक्त मानिन्छ । आयुर्वेदिक ग्रन्थहरुमा जौँ र अंकुरित जौँबाट गर्न सकिने उपचारहरुको बारेमा व्यापक उल्लेख भएको पाइन्छ । विविध रोगको उपचारमा पनि जौँ उपयुक्त रहेको विभिन्न अनुसन्धानहरुले देखाएका छन् । चिकित्सकहरुका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाएर नियमित सेवन गर्ने हो भने उच्च रक्तचाप , क्यान्सर तथा मधुमेह लगायतका रोगीलाई लाभ मिल्छ । त्यस्तै जमराको झोलले पेटको रोग , छालाको रोग , वायुविकार जस्ता समस्यापनि हट्ने चिकित्सकहरु बताउँछन् । जमराको रस सौन्दर्य प्रशाधनमा पनि प्रयोग हुन्छ ।

अध्ययनहरुले अंकुरित जौँ मा सागपात भन्दा पनि बढि पौष्टिक तत्व पाइने प्रमाणित गरिसकेका छन् । जमराको प्रयोगबाट हाड , आन्ध्रा , पेट , छाला लगायतका रोगको सफल उपचार सम्भव भैसकेको छ । गाउँघरतिर अहिले पनि दशैँको जमरालाई  सुकाएर राख्ने र ज्वरो आउँदा तथा पेट दुख्दा  पानीमा उमालेर खाने चलन छ ।
यसरी धर्मशास्त्रहरुमा अन्नको राजा भनिने जौँ धार्मिक र पौराणिक हिसाबाले मात्र होइन वैज्ञानिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ । यस अर्थमा सम्बृद्धिको प्रतिक जमरा पनि मानव स्वास्थ्यका लागि हितकारी मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?