 
																			१० असोज, काठमाडौं । इराकमा एक वैवाहिक समारोहमा आगो लाग्दा एक सय जनाको मृत्यु भएको छ । १५० जनाभन्दा बढी घाइते छन् ।
इराकको उत्तरी निनेवेह प्रान्तको अल हमदानिया जिल्लामा मंगलबार राति स्थानीय समय अनुसार १०ः४५ बजे यो घटना भएको हो । आगलागीको कारण खुलेको छैन । यद्यपि पटाका पड्काएपछि आगो लागेको अनुमान छ । त्यतिबेला दर्जनौं मानिसहरु विवाहको उत्सवमा रमाइरहेका थिए ।
इराकको नागरिक सुरक्षा निर्देशनालयका अधिकारीहरुले विवाह स्थल निर्माणमा कमसल खालका सामग्री प्रयोग गरिएकाले आगो तीव्ररुपमा फैलिएको र धेरै क्षति भएको बताएका छन् ।
इराकको समाचार एजेन्सी निनाले घटनास्थलको फोटो सार्वजनिक गरेको छ । त्यसमा अग्निनियन्त्रकहरु आगो निभाउन खटिएको देखिएको छ । सामाजिक सन्जालमा पनि आगोले क्षति पुर्याएका तस्वीरहरु सार्वजनिक भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4