Comments Add Comment

संसद् अवरुद्ध गर्ने अधिकार कसैलाई छैन- वामदेव

फाइल फोटो
फाइल फोटो

१५ असोज, काठमाडौं । कार्यबाहक प्रधानमन्त्री वामदेव गौतमले संसद् अब चाँडै खुल्ने बताएका छन् ।

रिपोर्टस क्लबले राजधानीमा गरेको एक अन्र्तक्रियामा गौतमले एमाओवादीका अधिकांश माग पूरा भएकाले संसद् खुल्ने विश्वास व्यक्त गरे । दलहरुबीच रहेका विवादित विषयमा पनि सहमतिको उच्चतम प्रयास जारी राखिएको उनले बताए ।

जनताको सार्वभौम संसद् अवरुद्ध गर्ने अधिकार कसैलाई पनि नरहेको भन्दै गौतमले कुनै पनि मूल्यमा सो अवरोध हटाएर देश र जनताका समस्या समाधान गर्नतर्फ लाग्नुपर्ने बताए ।

संविधानसभाभन्दा बाहिर रहेका दलहरूसँग छलफल गर्न राजनीतिक सम्मेलनको आयोजना गरिएको भए पनि विभिन्न कारणले सो सफल हुन नसकेको बताउँदै उनले उनीहरूको भावनालाई संविधानमा सक्दो सम्बोधन गरिने उल्लेख गरे ।

देशमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै गौतमले त्यसका लागि प्रहरी प्रशासनलाई आवश्यक निर्देशन दिइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment