Comments Add Comment

आज महाअष्ठमी पर्व शक्तिपीठहरुमा बली दिइँदै

१६ असोज, काठमाडौं । नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दशैंको आठौं दिन आज शक्ति स्वरुपा भवानी माता महागौरीको पूजाआजा गरिंदै छ ।

माता महागौरीलाई शुद्धिको प्रतीक मानिन्छ । माता महागौरी सेतो साढेमा आरुढ भएकी छन् ।

उनले वदनमा कुनै दाग नभएको शुद्ध सफा वस्त्र धारण गरेकी छन् । माता महागौरीले सदाशिवलाई समेत अनन्त अक्षत आशिर्वाद दिइरहेकी हुन्छिन् ।

महागौरीलाई पार्वतीको सोह्रवर्षे षोडषी वा अविवाहित रुपमा चित्रण गरिएको छ । आज देशका प्रमुख शक्तिपीठहरुमा देवीलाई बली चढाएर पूजा गरिन्छ ।

यसपाली नवमी र अष्टमी एकै दिन परेकाले माताता सिद्धिदात्रीको पनि पूजाआजा गरिंदै छ । सिद्धिदातृ मातालाई विजय र दानकी प्रतीक मानिएको छ । उनको वदन वर्ण खैरो रहेको छ ।

विद्या, ध्यानसाधना कलासाधकहरुले नित्य सिद्धिदातृ देवीको पूजा गरिरहेका हुन्छन् । देवता,सिद्ध, गन्धर्व,यक्ष,असुर लगायतले आफ्नो कार्यसिद्धिका लागि सिद्धिदातृदेवीको आराधना गर्दछन् ।

भगवान शंकरले माता सिद्धिदातृको पूजाआराधना गरी आफ्नो शरीरको देब्रपटि्ट देवीलाई उत्पन्न प्रार्थना गरी अर्धनारीश्वर बन्न सफल भएको शास्त्रहरुमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment