Comments Add Comment

सुशील कोइराला र केपी ओलीबीच भनाभन, सरकार छाड्ने ओलीको चेतावनी

susil-kp oli३१ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला र सत्तासाझेदार एमालेका अध्यक्ष केपी ओलीबीच भनाभन भएको छ । ओलीले सरकार छाड्नेसम्मको चेतावनी दिए भने, कोइरालाले, ‘सरकार छाडे पनि फरक नपर्ने’ जवाफ फर्काएका छन् ।
प्रधानमन्त्री कोइरालाले एमालेको भागमा परेको भूमिसूधार मन्त्रालयले गठन गरेको सुकुम्बासी समस्या समाधान आयोग र त्यसमातहत देशभर बनाइएका समिति विघटन गर्ने तयारी गरेपछि एमाले अध्यक्ष ओली आक्रोशित बनेका हुन् । प्रधानमन्त्री कोइराला ‘व्याक’ भएपछि तत्कालका लागि विवाद साम्य भएको थियो ।
प्रधानमन्त्री कोइरालाले बिहीबार बोलाएको मन्त्रिपरिषद बैठकमा आयोग विघटनको प्रस्ताव ल्याउने तयारी गरेका थिए । यो कुरा थाहा पाएपछि एमाले मन्त्रीहरु बैठक बहिष्कार गरेर सिंहदरबास्थित संसदीय दलको कार्यालय आएका थिए । उनीहरुले अध्यक्ष ओली र उपाध्यक्ष भीम रावललाई त्यसको जानकारी गराएको नयाँ पत्रिकामा खबर छ ।
दलको कार्यालयबाटै अध्यक्ष ओलीले प्रधानमन्त्री कोइरालालाई फोन गरेर आयोग र देशभरका समितिहरु विघटन नगर्न आग्रह गरेका थिए । तर, कोइरालाले ‘एमलोले अयोग गठन गर्दा मनपर्दी गरेको’ भन्दै विघटन गर्ने जवाफ फर्काएपछि दुईबीच चर्काचर्की भएको थियो ।
फोन संवाद हुँदा दलको कार्यालयमै रहेका एक एमाले मन्त्रीका अनुसार ‘तपाइंको एकलौटी चल्दैन’ भन्दै ओलीले प्रधानमन्त्री कोइरालालाई हप्काएका थिए । जवाफमा कोइरालाले पनि कडा ढंगले प्रस्तुत भएका थिए । ‘सबै समितिहरु जसरी पनि खारेज गरेरै छाड्नेछु,’ तीन मन्त्रीका अनुसार कोइरालाले ओलीको जवाफ फर्काएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment