+
+
Shares

सुनसरी घटना जिम्मा सरकारले लिनुपर्छ, हामी आफ्नो जिम्मेवारी पूरा गरौं : गगन थापा

‘हामीले संयमता गुमायौं र जिम्मेवारी पूरा गर्न सकेनौं भने हामी सबैले यसको ठूलो मूल्य चुकाउनुपर्ने हुनसक्छ,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते २२:०९

१२ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् । मंगलबार साँझ भिडिओ वक्तव्य जारी गर्दै सभापति थापाले राजनीतिक दल, नागरिक समाज र स्थानीय जनताले यतिबेला आफ्नो दायित्व पनि पूरा गर्नुपर्ने बताएका हुन् ।

‘ओमप्रकाश मेहतामाथि ज्यानै जानेगरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? हामी सरकारलाई यो प्रश्न सोधिरहेका छौं,’ उनले भनेका छन्, ‘सरकारसँग जवाफ पनि माग्छौं र जिम्मेवार पनि बनाएर पनि छाड्छौं ।’

तर, अहिले परिस्थिति बिग्रिदै गएकाले सबैको जिम्मेवारी पनि बढेको उनले बताए । ‘हामीले संयमता गुमायौं र जिम्मेवारी पूरा गर्न सकेनौं भने हामी सबैले यसको ठूलो मूल्य चुकाउनुपर्ने हुनसक्छ,’ उनले भने ।

त्यसैले यो बेला अफवाह, उत्तेजना र प्रतिशोध नभएर संयमता चाहिएको सभापति थापाले बताए ।

‘विविधतामा एकता, धार्मिक सहिष्णुता, सद्भाव, हामीबीचको बन्धुत्व नेपाली समाजको आत्मा हो, हाम्रो प्राण हो, हाम्रो पहिचान हो,’ उनले भनेका छन्, ‘यसले हामीलाई नेपाली भएर बाँच्न सिकाएको छ ।’

अहिलेको अवस्थामा यसलाई मन्त्रको रूपमा सम्झिनुपर्ने उनले बताए ।

कांग्रेसका स्थानीय कार्यकर्तालाई सद्भावका साथ पीडित परिवार र घाइतेलाई सहयोग गर्न उनले आह्वान गरेका छन् ।

उनले हिंसा र आक्रमणबाट नभई संवेदना र संवादबाट समस्याको समाधान खोज्न उनले आग्रह गरेका छन् ।

‘स्थितिलाई सम्हालौं, गल्ती–कमजोरी जसले गरेको छ, उसले मूल्य चुकाउनैपर्छ । सरकारलाई हामी यसको जवाफ माग्ने नै छौं । सरकारले यसको जिम्मा लिनु पनि पर्छ,’ उनले भनेका छन्,‘तर, यो बेला हामी सबै नागरिकको जिम्मेवारी पनि छ । त्यो जिम्मेवारी पनि पूरा गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?