Comments Add Comment

मोदीलाई ‘कपीराइट’मा कारवाही गर्न सहज छैन

७ कात्तिक, काठमाडौं । नेपालमा रहँदा फोटो पत्रकारको राम्रो पहिचान बनाएका विमल नेपालले यतिबेला अमेरिकामा बसेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नैतिक संटकमा पारिदिएका छन् ।

 पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले  भारतीय प्रधानमन्त्रीले विना अनुमति तस्वीर प्रयोग गरेकोमा महासंघको ध्यानाकर्षण भएको बताएका छन्

दिपावलीको शुभकामना दिन भारतीय प्रधानमन्त्री मोदीले फेसबुकमा स्टाटस लेख्न प्रयोग गरेको तस्वीर अमेरिका निवासी विमल नेपालले खिचेको परेपछि यतिबेला मोदी अमेरिका, भारत र नेपाली मिडियामा चर्चाको पात्र बनेका छन् ।

विमल नेपाल
विमल नेपाल

मोदीले विमल नेपालको अनुमतिविना तस्वीर प्रयोग गरेकाले उनले कपीराइट सम्बन्धी कानून मिचेको भन्दै उनको चर्को आलोचना भइरहेको छ । भारतका मिडियामा यसबारे छ्याप्छ्यापी समाचार बनेका छन् ।
फोटोग्राफर विमलले मोदीमाथि कपीराइटसम्बन्धी कानूनी कारवाही अघि बढाउने भनेका छैनन् । यद्यपि उनको भनाइ छ कि कमसेकम त्यसरी आफ्नो तस्वीर प्रयोग गर्ने बेलामामा मोदीले अनुमति माग्नुपर्दथ्यो ।
मोदीले प्रयोग गरेको उक्त तस्वीर विमलले सन् २०१२ मा खिचेको र आफ्नो फेसबुक एवं फि्करमार्फत् सार्वजनिक भएको बताउँदै आएका छन् ।
विमलले उठाएको प्रश्नले अरुको तस्वीरविना अनुमति प्रयोग गर्नेहरुलाई निरुत्साहित पक्कै बनाएको छ । र, यो घटनाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि पनि नैतिक दबाव पक्कै दिएको हुनुपर्छ । तर, यसले एक नेपाली र मोदीवीचको सम्बन्धमा पनि चिसोपना ल्याइदिएको छ ।

modi-walking-in-street-1कागजमै सीमित छ नेपालमा प्रतिलिपी कानून
अमेरिकामा बसेर भारतका शक्तिशाली प्रधानमन्त्रीमाथि प्रश्न उठाउन जति सजिलो छ, त्यसलाई कारवाही प्रक्रियामा लैजान भने निकै कठिन छ ।

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नेपालमा प्रतिलिपी अधिकार उल्लंघनका घटनाहरु तीब्र भएका छन् । नेपालमा प्रतिलिपी अधिकारको संरक्षण गर्ने कानूनी निकाय र कानून पनि छ, तर यसको कार्यान्वयन लगभग शून्य अवस्थामा छ ।

एक डेढ वर्षयता हनुमानढाेकामा कपीराइट उल्लंघनका एउटा पनि केस आएका छैनन्

देशभित्रै रहेको मानिसले प्रतिलिपी अधिकार उल्लंघन गर्दा त उसमाथि कुनै कारवाही हुन सक्दैन भने अमेरिकामा बसेको व्यक्तिले भारतको शक्तिशाली व्यक्तिबाट भएको कपीराइट कानून उल्लंघनमा कसरी न्याय पाउन सक्ला ?
काठमाडौंको हनुमानढोकामा कपिराइटसम्बन्धी अपराध हेर्ने शाखामा डीएसपीको नेतृत्वमा छुट्टै टिम खटाइएको छ । तर, अनलाइनखबरसँगको कुराकानीका क्रममा ती डीएसपीले भने- एक/डेढ वर्षयता त्यहाँ कपीराइट उल्लंघनका एउटा पनि केस आएका छैनन् ।

कस्तो छ कानून ?

Untitled-1pratilipi copyनेपालमा प्रतिलिपि अधिकार ऐन ०५९ ले प्रतिलिपि अधिकार उल्लंघनको परिभाषा र दण्ड सजायँको व्यवस्था गरेको छ । प्रतिलिपि अधिकार उल्लंघन गर्नेलाई १ लाखसम्म जरिवाना र ६ महिनासम्म कैद वा दुबै सजायँ हुने प्रावधान पनि छ ।
प्रतिलिपि अधिकार ऐनको मातहतमा प्रतिलिपि अधिकार नियमावली ०६१ पनि हामीकहाँ नभएको होइन । तर, यो कानून लगभग निश्क्रिय जस्तै छ ।
पुरानो कानूनमा ०६३ सालदेखि अपडेट नगरिएको हुनाले फेसबुकमार्फत् अर्काको फोटो प्रयोग गरिएका कस्तो कारवाही गर्ने भन्ने पनि कानूनमा उल्लेख छैन । नेपालको कपिराइट कानूनले गुगल, फि्लकर, फेसबुक, युट्युव आदिलाई चिनेकै छैन ।

पत्रकार महासंघको ध्यानाकर्षण

mahendra bistha
डा. महेन्द्र विष्ट

यसैवीच नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले विमल नेपालले खिचेको तस्वीर भारतीय प्रधानमन्त्रीले विना अनुमति प्रयोग गरेकोमा महासंघको ध्यानाकर्षण भएको बताएका छन् ।
‘विमल नेपाल स्वदेशमा रहँदा चिर परिचित पत्रकार हुन्, उनले उठाएको विषयप्रति महासंघको गम्भीर चासो छ,’ विष्टले अनलाइनखबरसँग भने, ‘यस विषयमा भारतीय प्रधानमन्त्री मोदीले ध्यान दिन र आफ्नो गल्ती सच्याउन आवश्यक छ ।’

पत्रकार नै बढी दोषी
कपीराइट कानून उल्लंघन गर्नेमा सबैभन्दा बढी पत्रकारहरु नै सक्रिय देखिएका छन् । अरुको समाचार वा तस्वीर कपी-पेस्ट गरेर पत्रकारिता चलाउने क्रम बढ्दै गएको छ । यस्तो गर्नेहरुमाथि नेपालमा कुनै कारवाही हुने गरेको छैन । नयाँ अनलाइन चलाउनेहरुले अरुको समाचार कपीपेष्ट गरेर कपिराइट कानून उल्लंघन गर्ने क्रम पनि बढेको छ ।

यो पनि पढ्नुहोस्   

नरेन्द्र मोदीमाथि नेपालीको फोटो चोरेको आरोप

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment