Comments Add Comment

अख्तियारले प्रमाणपत्र नियन्त्रणमा लिएपछि ११ शिक्षकको राजिनामा

निमुसंगम घर्ती
७ मंसिर, दाङ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको निर्देशन अनुसार शिक्षा कार्यालयले सम्पूर्ण शिक्षकहरुको प्रमाणपत्र आयोगमा पठाएपछि दाङका ११ जना शिक्षकले राजीनामा दिएका छन् ।

school_teacher5प्राथमिक तहका आठ, निम्न माध्यमिक तहका दुई र माध्यमिक तहका एकजना शिक्षकले विभिन्न कारण देखाउदै शिक्षा कार्यालयमा राजिनामा पत्र बुझाएका हुन् ।

उमेर हद र अस्वस्थताको कारण देखाउदै शिक्षकहरुले राजिनामा बुझाएको जिल्ला शिक्षा अधिकारी प्रल्हाद अर्यालले जानकारी दिए ।

अख्तियारको निर्देशन अनुसार सबै शिक्षकहरुको शैक्षिक प्रमाणपत्र, शुरुको नियुक्ति, हालको नियुक्ति, अध्ययन अनुमतिपत्र, तालिमको प्रमाणपत्र, बढुवा प्रमाणपत्र लगायतका कागजपत्रको प्रतिलिपि कार्यालयले पठाएपछि जिल्लामा धमाधम राजिनामा दिने क्रम सुरुभएको हो । विभिन्न विद्यालयका अध्यापन गराउने शिक्षकहरुको प्रमाणपत्रहरु नक्कली भएको आंशाकामा अख्तियारको क्षेत्रिय कार्यालय सुर्खेतले शिक्षा कार्यालय दाङलाई एक महिना पहिले सबै प्रमाणपत्रहरु बुझाउन निर्देशन दिएको थियो ।

यता शिक्षा कार्यालयले अख्तियारले सबै शिक्षक तथा कर्मचारीको आवश्यक कागजपत्र माग्दैमा गल्ति नगर्नेहरुलाई नआत्तिन आग्रह गरेको छ । अख्तियारको सक्रियता बढे सँगै गल्ती गरेका शिक्षकहरुले स्वभाविकरुपमा राजिनामा दिने वेला भएको शिक्षा अधिकारी अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment