Comments Add Comment

कुन देशबाट कति पत्रकार भित्रिए काठमाडौं ?

७ मंसिर, काठमाडौं । सार्क सम्मेलनको रिपोर्टिङ गर्न काठमाडौंमा १७ देशका पत्रकारहरु भेला भएका छन् । सबैभन्दा बढी भारतबाट १३९ पत्रकार काठमाडौं आएका छन् । बंगलादेशबाट ११३ जना पत्रकार काठमाडौं आएका छन् ।

सार्कको रिपोर्टिङका लागि काठमाडौंस्थित सूचना विभागबाट पास लिने विदेशी पत्रकारहरुमा सबैभन्दा बढी भारतका छन् भने दोस्रोमा बंगलादेश छ । सार्क मुलुकमध्ये भुटानबाट दुईजना पत्रकार नेपाल आएका छन् ।

अफगानिस्तानबाट १७ पत्रकार काठमाडौं आएका छन् । पाकिस्तानबाट सात जना, श्रीलंकाबाट एक जना र मालदिभ्सबाट ६ जना पत्रकारहरु सार्कको समाचार रिपोर्टिङका लागि नेपाल आएका छन् ।

सार्क राष्ट्र बाहेक चीनबाट दुईजना पत्रकार आएका छन् भने जर्मनी, इटली, उत्तर कोरिया, नर्वे र स्पेनका एक/एक जनाले सूचना विभागबाट सार्क रिपोर्टिङका लागि पास लिएका छन् ।

बेलायतबाट द इकोनोमिक लगायतका सञ्चार माध्यमबाट पाँचजना पत्रकार आएका छन् भने थाइल्याण्डबाट चार जना र अमेरिकाबाट तीनजनाले पास लिएका छन् । जोन डेभिड चाइल्ड नामका एक अमेरिकीले सूचना विभागबाट पास लिए पनि उनको मिडिया कुन हो भन्ने खुलाइएको छैन ।

नेपालबाट ५८६ ले पास लिए

सार्कको समाचार रिपोटिङका लागि नेपालबाट मात्रै आइतबार बिहानसम्म ५८६ पत्रकारले सूचना विभागबाट प्रवेश पास लिएका छन् ।

सार्कको सामाचार र तस्वीर संकलनका लागि संसारका १८ देशबाट कूल ९१२ पत्रकारले सूचना विभागमा आफ्नो नाम दर्ता गरेका छन् ।

तर, यति धेरै संख्यामा पत्रकारहरुले सार्कलाई ध्यान दिए पनि सार्कका एजेन्डामाथिको बहस भने लगभग शून्यजस्तै छ । नेपाली मिडियाहरु सार्कका एजेन्डामा भन्दा मोदीको जनकपुर भ्रमण र काठमाडौंको सरसफाइमा अल्मलिएका छन् ।

विदेशी पत्रकारको ठूलो संख्या काठमाडौंमा आए पनि उनीहरुले रिपोर्टिङको खासै मेसो पाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment