Comments Add Comment

माओवादी फुट्यो : वैद्यसँग सम्बन्धविच्छेद गर्ने विप्लवको घोषणा (वक्तव्य सहित)

Biplap
८ मंसिर, काठमाडौं । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दले पार्टीको संस्थापन पक्षसँग सम्बन्ध विच्छेदको घोषणा गरेका छन् । पार्टी अध्यक्ष मोहन वैद्यलाई सम्बन्ध विच्छेदको पत्र दिएर विप्लव समूह विस्तारित बैठकबाट बाहिरिएको छ ।

‘हामी बाहिरिएका छौं,’ विप्लव समूहका एक नेताले अनलाइनखबरसँग भने ।

बैठक बहिस्कारपछि विप्लवद्वारा जारी वक्तव्यमा भनिएको छ- ‘क. किरणको नेतृत्वमा पार्टी अगाडि बढ्न नसक्ने र वर्ग सङ्घर्षको नेतृत्व गर्न नसक्ने निष्कर्षसहित आजका मितिदेखि क. किरणको नेतृत्वसँग सम्बन्ध विच्छेद गरेको जानकारी गराउँदछौं । साथै हाम्रो भावी रणनीतिका बारेमा छिट्टै व्यवस्थित छलफल गरेर सार्वजनिक गर्ने निर्णय पनि लिइएको छ ।’
हेर्नुहोस् वक्तव्य

Biplav Devorce

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment